3 years ago
January 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार नेपाल एपिएफ क्लबले सातौ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा एपिएफले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
पहिलो सेटमा २५१५ को सहज जित निकालेको एपिएफले त्यसपछिको दुवै सेट क्रमश २५–१० र २५–११ ले सहजै आफ्नो पक्षमा पार्न सफल भयो । एपिएफकी स्पाइकर सरस्वती चौधरी केल्मी प्लेयर अफ दि म्याच घोष्ति भइन् । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।
तीन भारतीय खेलाडीको अनुपस्थितिमा गण्डकीको प्रदर्शन एपिएफविरुद्ध निकै फितलो देखिएको थियो । गण्डकी प्रदेशले तीन भारतीय खेलाडीलाई टोलीमा समेटेपनि कोरोना भाइरसका कारण तीन जना नै उपस्थित हुन नसकेको गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन कुमार गुरुङले जानकारी गराए ।
यस जितसँगै एपिएफले समुह ‘बी’ मा ३ अंक जोडेको छ । यो समूहमा आर्मीको पनि ३ अंक छ । गण्डकी र कृष्ण सेकेन्डरी एकेडेमीले अंकको खाता खोल्न सकेको छैन ।
आज नै महिलातर्फ होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । आज नै पुरुषतर्फ चार खेलमा प्रतिस्पर्धा हुँदैछ ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]