3 years ago
January 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई पराजित गर्दै दावाली मिलन क्लब काठमाडौंमा जारी सातौ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

दावाली समूह ‘ए’ को उपविजेताको रुपमा अन्तिम आठमा प्रवेश गरेको हो । क्वाटरफाइनल पुग्न दुवै टोलीलाई जित आवश्यक रहँदा दावालीले ३–१ को सेटमा जित हात पार्दै अघिल्लो चरणमा प्रवेश गरेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा समूह ‘ए’ को अन्तिम खेलको पहिलो सेट तीन भारतीय खेलाडी सम्मिलित दावालीले २१–२५ ले गुमाएपनि त्यसपछिको तीनै सेट २५–२१, २५–२२ र २५–२३ ले आफ्नो पक्षमा पार्दै दावाली विजयी भयो । मणिमुकुन्दका रुप बहादुर गुरौं केल्मी प्लेयर अफ दि म्याच घोषित भए । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।
यस जितसँगै दावाली समूह ‘ए’ मा दुई खेलबाट ३ अंक जोड्यो । पराजित मणिमुकुन्द अंकविहीन हुँदै बाहिरिएको छ । यो समूहबाट आर्मी ६ अंक जोडेर क्वाटरफाइनलमा पुगिसकेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]