3 years ago
January 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कमला कार्की स्मृति प्रतिष्ठानले आफ्नो आठौं स्मृति दिवसको अवसर पारेर राष्ट्रिय भलिबल खेलाडी रेश्मा भण्डारीलाई मंगलबार सम्मान गरेको छ ।

राष्ट्रलाई विभिन्न क्षेत्रबाट सेवा गर्दै आएका व्यक्ति तथा संस्थाहरुलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको प्रतिष्ठानले खेलकुद क्षेत्रबाट राष्ट्रको मान, सम्मान र प्रतिष्ठा अन्तराष्ट्रियस्तरमा उचो पार्न विशेष योगदान गरेवापत भलिबल खेलाडी रेश्मालाई नगदसहित सम्मान गरेको हो ।
प्रतिष्ठानले भलिबल खेलाडी रेश्मालाई नगद १५ हजार १ रुपैयाँ र प्रशंसा पत्र प्रदान गरी सम्मान ग¥यो । नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा रजत जित्दा तथा बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन भलिबलको पहिलो संस्करणमा नेपालले स्वर्ण जित्दा रेश्मा टोलीकी सदस्य थिइन् ।
प्रतिष्ठानले भलिबल खेलाडी भण्डारीसंगै विभिन्न क्षेत्रमा योगदान पु¥याउनेलाई सम्मान गर्ने क्रममा पत्रकारितातर्फ द राइजिङ नेपालकी मञ्जिमा ढकाल, कलाकारतर्फ सितारवादक सीतामैया राजवललाई सम्मान ग¥यो ।
दुवैलाई जनही १५ हजार १ रुपैयाँ प्रशंसा पत्र प्रदान गरियो । त्यस्तै जेष्ठ नागरिकतर्फ चन्द्रागिरी नगरपालिकाकी जनमाया महर्जन र पम्पादेवी कटुवाललाई प्रतिष्ठानले नगद १५ हजार १ रुपैयाँ र प्रशंसा पत्र प्रदान गर्दै सम्मान ग¥यो ।
संस्थातर्फ रेनुका दुलाल स्मरण प्रतिष्ठानका अध्यक्ष चन्द्र दुलाल सम्मानित भएका थिए । प्रतिष्ठानले दुलाललाई सामाजिक क्षेत्रमा पु¥याएको विशेष योगदानका लागि नगद १ लाख १ रुपैयाँ र प्रशंसा पत्रसहित सम्मान गरेको हो ।
उनीहरुलाई माइती नेपालकी अध्यक्ष सीएनएन हिरो अनुराधा कोइराला, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, प्रदेश सांसद् रामकृष्ण चित्रकार, प्रतिष्ठानका अध्यक्ष मोहन कार्कीलगायतले नगद, प्रशंसा पत्र प्रदान गरे । सो अवसरमा आमाको महिमाको वारेमा गीत र कविता पनि पाठ गरिएको थियो ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]