9 months ago
January 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नमुना स्पोर्ट्स क्लब गोदावारी ललितपुरको आयोजनामा प्रथम गोदावारी च्याम्पियनसिप खुल्ला महिला तथा यू१८ पुरुष फुटबल प्रतियोगिता माघ पहिलो साता आयोजना हुने भएको छ । आयोजक नमुना स्पोर्ट्स क्लबले प्रथम गोदावारी च्याम्पियनसिप खुल्ला महिला तथा यू१८ पुरुष फुटबल प्रतियोगिता माघ ३ देखि ५ गतेसम्म हुने जानकारी गराएको छ । सबै खेल गोदावारी […]
काठमाडौं (हाम्रो खेलकुद) – नमुना स्पोर्ट्स क्लब गोदावारी ललितपुरको आयोजनामा प्रथम गोदावारी च्याम्पियनसिप खुल्ला महिला तथा यू१८ पुरुष फुटबल प्रतियोगिता माघ पहिलो साता आयोजना हुने भएको छ ।
आयोजक नमुना स्पोर्ट्स क्लबले प्रथम गोदावारी च्याम्पियनसिप खुल्ला महिला तथा यू१८ पुरुष फुटबल प्रतियोगिता माघ ३ देखि ५ गतेसम्म हुने जानकारी गराएको छ । सबै खेल गोदावारी नगरपासलका ३ स्थित सेन्ट जेभियर स्कुलको खेल मैदानमा हुनेछ ।
नमुना स्पोर्ट्स क्लबका अध्यक्ष डम्मर लामाले क्लबको एकेडेमीको सहयोगार्थ यो प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ । हाल क्लबको एकेडेमीमा १ सय ५० जना बालबालिकाले निशुल्क फुटबल प्रशिक्षण लिइरहेको अध्यक्ष लामाले जानकारी गराए ।
प्रतियोगितामा सहभागिताको लागि माघ १ गतेसम्म टिम दर्ता मिति तोकिएको छ । दर्ता शुल्क ४ हजार तोकिएको छ ।प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ र दोस्रो हुनेले १५ हजार रुपैयाँ हात पार्नेछ । यस्तै सर्वाेत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई पनि पुरस्कार राखिएको आयोजकले जनाएको छ ।
September 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा वीरजङ स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । महासंघले बुधवार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता असोज १८ देखि २१ गतेसम्म काठमाडौँको नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुने महासंघका महासचिव विनोद चन्दले जानकारी गराए । प्रतियोगिताको विजेताले ५ लाख […]
September 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले १९औं एसियाली खेलकुद (एसियाड) मा लगातार दोस्रो हार बेहोरेको छ । समूह ‘बी’ को खेलमा नेपाल बलियो इरानसँग ३–० को सोझो सेटमा पराजित भएसँगै एसियाडमा लगातार दोस्रो हार बेहोरेको हो । चाइना टेक्सटाइल सिटी स्पोर्ट्स सेन्टर जिम्नेसियममा बुधबार भएको खेलमा बलियो इरानविरुद्ध नेपालको प्रदर्शन तीनै सेटमा […]
September 19, 2023
पोखरा (हाम्रो खेलकुद) – च्याम्पियन गण्डकी प्रदेशका ओपन स्पाइकर रवि केसी लामाचौर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । घरेलु टोली गण्डकीलाई लामाचौर कप भलिबलमा च्याम्पियन बनाउन रविले प्रतियोगिता भर नै सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेका रविले ट्रफी र प्रमाण पत्र प्राप्त गरे । व्यत्तिगत विधातर्फ स्पाइकरमा गण्डकीका किरण गुरौं, […]