3 years ago
January 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पहिलो जित निकाल्दै गण्डकी प्रदेशको महिला भलिबल टोली एनभिए क्लब लिगमा छनाेट हुन सफल भएकाे छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलमा गण्डकीले कृष्ण सेकेन्डरी एकेडेमी काभ्रेलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘बी’ मा तेस्रो भएको छ ।
एकपक्षीय खेलमा गण्डकीले कृष्णमाथि २५–८, २५–१० र २५–५ को सहज जित निकाल्न सफल भयो । गण्डकीकी शस्मी पुन केल्मी प्लेयर अफ दि म्याच घोषित भइन् । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्प प्राप्त गरिन् ।
यस जितसँगै गण्डकीले आगामी बैशाखमा हुने क्लब लिगमा स्थान बनाएको छ । गण्डकीले समूह ‘बी’ मा ३ खेलबाट ३ अंक जोड्यो । कृष्ण सेकेन्डरी एकेडेमी अंक विहीन हुँदै बाहिरिएको छ । यो समूहबाट एपिएफ र आर्मी सेमिफाइनलमा पुगिसकेको छ । यि दुई टोलीले केही वेरमा आफ्नो अन्तिम खेलमा प्रतिस्पर्धा गर्दैछ । जित्ने टोली समूह विजेता बन्नेछ ।

आज पुरुषतर्फको सबै चार क्वाटरफाइनलमा प्रतिस्पर्धा हुनेछ । पहिलो क्वाटरफाइनलमा समूह ‘ए’ को विजेता आर्मी र समूह ‘सी’ को उपविजेता गण्डकी, समूह ‘बी’ को विजेता एपिएफ समूह ‘डी’ उपविजेता केशवलाल, समूह ‘सी’ को विजेता पुलिस र समूह ‘ए’ को उपविजेता दावाली मिलन क्लब र समूह ‘डी’ को विजेता हेल्प नेपाल र समूह ‘बी’ को उपविजेता सैलुङ बाघढुंगाबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]