3 years ago
January 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्बी संघले पुरुषमा निरज कार्की र महिलामा विशाखा राईलाई वर्ष उत्कृष्ट खेलाडीको अवार्डबाट शुक्रबार पुरस्कृत गरेको छ ।

संघको १० औं साधारणसभामा उनीहरुलाई पुरस्कृत गरिएको हो । सोही अवसरमा उत्कृष्ट रेफ्रीमा प्रेम कोइराला, उत्कृष्ट प्रशिक्षकमा कृष्ण थापा (यु–१८) र उदीमान खेलाडीमा गणेश बानियाँ सम्मानित भए ।
गोपाल क्षेत्रीलाई लाइफ टाइम अचिभ्मेन्ट अवार्ड प्रदान गरियो । सोही अवसरमा नागरिक दैनिकका खेल पत्रकार अनिल मल्ल ठकुरी पनि सम्मानित भए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, रग्बी संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटालगायतले पुरस्कृत गरे ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]