3 years ago
January 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता त्रिभुवन आर्मी क्लब सातौं सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।

नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको प्रतिस्पर्धात्मक बनेको पहिलो सेट आर्मीले २५–२३ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
आर्मीले २३–२३ को बराबरीको अवस्थाबाट लगातार २ अंक जोड्दै जित निकाल्न सफल भयो । दोस्रो सेट भने आर्मीले २५–१७ ले सहजै जित्न सफल भयो । तेस्रो सेट २५–१७ को सहजै जित्दै आर्मी फाइनलमा प्रवेश गर्न सफल भयो । आर्मीका मान बहादुर श्रेष्ठ केल्मी प्लेयर अफ दि म्याच घोषित भए । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।
यस जितसँगै आर्मीले गत कार्तिकका पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदको फाइनलमा भोगेको हारको बदला लिएको छ । त्यसबेला आर्मी एपिएफसँग ३–० ले स्तब्ध बनेको थियो ।
अब आर्मीले उपाधिका लागि आइतबार टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ । यि दुईले केहीवेरमा फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछ ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]