3 years ago
January 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्बी संघको अध्यक्षमा दिपक देवकोटा निर्विरोध चयन भएका छन् । संघको १०औं चुनावी साधरणसभाले देवकोटाको अध्यक्षतामा १२ सदस्यीय केन्द्रीय कार्यसमिती निर्बिरोध चयन गरेको हो ।

यसअघि देवकोटा संघका कार्यवहाक अध्यक्ष थिए । तत्कालिन अध्यक्ष टंकालाल घिसिङ राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिवमा नियुक्त भएसँगै तत्कालिन उपाध्यक्ष देवकोटाले कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
साधरणसभाले वरिष्ठ उपाध्यक्षमा चेतनराज गिरी, महासचिवमा गोविन्द घिमिरे, सचिवमा विजय मोक्तान लामा र कोपाध्यक्षमा जेबी दिपक अधिकारीलाई निर्विरोध चयन ग¥यो । त्यस्तै कामना गिरी, एलिसा थापा, रमेशप्रसाद भट्टराई, रविन केसी, हरिशंकर महतो र इन्द्रबहादुर तामाङ सदस्यमा चुनिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]