default_image

1 year ago

January 15, 2023

पुलिसलाई हराउँदै एपिएफ तेस्रो

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय भिडन्तमा नेपाल पुलिस क्लबको चुनौती पन्छाउँदै नेपाल एपिएफ क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ तेस्रो भएको छ ।

पहिलो सेट गुमाउनुको बावजुत त्यसपछि सानदार पुनरागमन गर्दै ३–१ सेटमा जित निकाल्दै एपिएएफले तेस्रो स्थान हासिल गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा पहिलो सेट एपिएफले १५–२५ ले गुमाएको थियो । त्यसपछि पुलिसले आफ्नो लय गुमाउँदा तीन सेट नै एपिएफलाई सुम्पियो ।

दोस्रो सेट एपिएफले २५–२० ले जित्दै खेललाई १–१ सेटको बराबरीमा ल्याए । तेस्रो सेट एपिएफले २५–२३ ले जित्दै खेलमा अग्रता बनायो ।

चौथो सेटमा एक समय १२–८ ले पछि रहेको एपिएफले लगातार ५ अंक जोड्दै खेलमा पूनरागमन गर्दा २५–१८ ले जित्न सफल भयो । एपिएफका विजय थापा केल्मी प्लेयर अफ दि म्याच घोषित भए । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर प्राप्त गरे । आज महिलातर्फ तेस्रो स्थानको लागि आर्मी र एपिएप बीच प्रतिस्पर्धा हुँदैछ ।

महिलातर्फको फाइनलमा साविक विजेता न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले विभागीय नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको फाइनल मध्यान्ह १२ बजे सुरु हुनेछ । यि दुई टोलीले समूह चरणमा प्रतिस्पर्धा गर्दा पुलिस विजयी भएको थियो ।

त्यस्तै पुरुषतर्फको फाइनलमा साविक विजेता त्रिभुवन आर्मी क्लब र साविकको उपविजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो २ बजे हुनेछ ।

पुरुष र महिला दुवै तर्फको च्याम्पियनले समान ४ लाख रुपैयाँसँगै उपाधि हात पार्नेछन् । दोस्रो हुनेले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार र हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै इन्टरनेट सेवा प्रदायक भाएनेटले प्रतियोगिताको विधागत उत्कृष्टलाई ३ महिना र सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई ६-६ महिनाको इन्टरनेट सेवा प्रदान गर्नेछ ।

June 10, 2024

छन्त्याल र ढोरपाटनलाई भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए) र ढोरपाटन क्लब अस्ट्रेलियाले मोना एकदिने पुरुष तथा महिला भलिबलको उपाधि जितेका छन् । छन्त्याल पुरुषमा तथा ढोरपाटन महिलामा च्याम्पियन बनेका हुन् । छन्त्याल परिवारले आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । ओबर्न बास्केटबल सेन्टर लिडकममा […]

June 9, 2024

अष्ट्रेलियाले इंग्ल्यान्डलाई हरायो

एजेन्सी – अष्ट्रेलियाले आइसीसी टि२० विश्वकप अन्तर्गत समूह बी को खेलमा इंग्ल्यान्डलाई पराजित गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको अष्ट्रेलियाले ३६ रनको जित दर्ता गर्यो । बार्बाडसमा पहिलो ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर २ सय १ रन जोडेको थियो । अष्ट्रेलियाका कुनैपनि ब्याटरले ४० रन कटाएनन् तर आक्रामाक […]

June 8, 2024

गण्डकीलाई हराउँदै हेल्प नेपाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल संघलाई पराजित गर्दै साविक विजेता टिप टप हेल्प नेपाल आठौं पिएम एनभिए भलिबल लिगको पुरुषतर्फ च्याम्पियन बनेको छ । शनिबार भएको फाइनलमा गण्डकी प्रदेशमाथि ३–१ को सेटमा जित निकाल्दै हेल्प नेपालले उपाधि रक्षा गर्न सफल भएको हो ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको फाइनलमा नेपालीसँगै भारतीय […]

Success

Thank you for your time.