default_image

3 years ago

January 15, 2023

आर्मीलाई हराउँदै एपिएफ तेस्रो

392 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल एपिएफ क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ तेस्रो भएको छ ।

आर्मीलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै एपिएफले तेस्रो स्थान हासिल गरेको हो । यससँगै एपिएफले समूह चरणमा भोगेको हारको बदलासमेत लिएको छ । लिगमा एपिएफ आर्मीसँग ३–२ कै सेटमा पराजित भएको थियो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आइतबार भएको खेलको सुरुवाती दुई सेट जितेपनि एपिएफले त्यसपछि जित निकाल्न संघर्ष गर्नुपरेको थियो । पहिलो र दोस्रो सेट क्रमशः २५–१६ र २५–२० ले जितेको एपिएफले त्यसपछिको दुवै सेट २१–२५ र २१–२५ ले गुमाउँदा खेल पाँचौं सेटमा लम्बिएको थियो ।

निर्णायक तथा पाँचौं सेटमा एपिएफले १५–७ को सहज जित निकाल्न सफल भयो । एपिएफकी निरुता ठगुन्ना केल्मी प्लेयर अफ दि म्याच घोषित भइन् । उनले केल्मी नेपालबाट गिफ्ट ह्याम्पर प्राप्त गरिन् । तेस्रो भएको एपिएफले १ लाख रुपैया प्राप्त गर्नेछन् ।

पुरुषतर्फ पनि एपिएफ नै तेस्रो भएको छ । एपिएफले पुलिसलाई ३–१ को सेटमा हराएको छ । एपिएफले पुलिसमाथि १५–२५, २५–२०, २५–२३ र २५–१८ को जित निकाल्न सफल भयो ।

महिलातर्फको फाइनलमा साविक विजेता न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले विभागीय नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको फाइनल मध्यान्ह १२ बजे सुरु हुनेछ । यि दुई टोलीले समूह चरणमा प्रतिस्पर्धा गर्दा पुलिस विजयी भएको थियो ।

त्यस्तै पुरुषतर्फको फाइनलमा साविक विजेता त्रिभुवन आर्मी क्लब र साविकको उपविजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो २ बजे हुनेछ ।

पुरुष र महिला दुवै तर्फको च्याम्पियनले समान ४ लाख रुपैयाँसँगै उपाधि हात पार्नेछन् । दोस्रो हुनेले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार र हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै इन्टरनेट सेवा प्रदायक भाएनेटले प्रतियोगिताको विधागत उत्कृष्टलाई ३ महिना र सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई ६-६ महिनाको इन्टरनेट सेवा प्रदान गर्नेछ ।

यस्तै संघले हाम्रो खेलकुद डटकमसँग १ वर्षको लागि मिडिया राइट्स लिएको जनाएको छ । यससँगै हाम्रो खेलकुद डटकमले संघले १ वर्षभरि गर्ने विभिन्न प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेछ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.