3 years ago
January 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब १० वर्षपछि एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ च्याम्पियन बनेको छ ।

१० वर्षपछि नै फाइनल पुगेको पुलिसले साविक विजेता होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–२ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आइतबार भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको फाइनलको पहिलो सेट डायमण्डले २५–२२ ले आफ्नो पक्षमा पारेको थियो ।
दोस्रो सेट पुलिसले २५–१७ ले जित्दै खेललाई १–१ सेटको बराबरीमा ल्याए । प्रतिस्पर्धात्मक बनेको चौथो सेट डायमण्डले २७–२५ ले आफ्नो पक्षमा पार्न सफल भयो । चौथो सेटमा ५–१० ले पछि परेको स्थिति उल्ट्याएर पुलिसले सानदार प्रदर्शन गर्दै २५–१९ ले जित्दै खेललाई पाँचौ सेटमा लम्ब्याए ।
डायमण्डले अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा सेट नै गुमाउन पुग्यो । पाँचौं सेट पुलिसले १५–११ ले जित्दै च्याम्पियन बन्न सफल भयो । डायमण्डकी रिमा कुँवर केल्मी प्लेयर अफ दि म्याच घोषित भइन् । उनले केल्मी नेपालबाट गिफ्ह्याम्पर प्राप्त गरिन् ।
च्याम्पियनसिपमा पुलिस दोस्रोपटक च्याम्पियन बनेको हो । यसअघि पुलिसले २०६९ मा उपाधि जितेको थियो । दोस्रोमा एपिएफ, तेस्रोमा डायमण्ड, चौथोमा एपिएफ, पाँचौमा एपिएफ, छैटौंमा डायमण्ड च्याम्पियन बनेको थियो ।
उपाधिसँगै पुलिसले ४ लाख रुपैयाँ प्राप्त गरेको छ । दोस्रो भएको डायमण्डले २ लाख रुपैयाँमा प्राप्त गर्नेछ । तेस्रो भएको एपिएफले १ लाख रुपैया हात पारेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]