default_image

2 years ago

January 21, 2023

मुकेश १० र गिता ५ किलोमिटर च्याम्पियन

159 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका खेलाडीले राइट टु प्रोटिन रनको पुरुष खुला १० किलोमिटर दौडमा शीर्ष पाँच स्थानमा प्राप्त गरेका छन् । महिला खुला ५ किलोमिटर दौडमा शीर्ष २ पनि आर्मीकै खेलाडी रहन सफल भएका छन् ।

दशरथ रंगशालाबाट शनिबार बिहान सुरु भएको १० किलोमिटर दौड आर्मीका मुकेश पालले ३० मिनेट ५६ः०१ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान प्राप्त गरे । आर्मीकै गजेन्द्र राई (३१ मिनेट ००.२९ सेकेन्ड) दोस्रो, सुबास कार्की (२१ मिनेट ०७.२० सेकेन्ड) तेस्रो, शिकास राई (३१ मिनेट १४.१५ सेकेन्ड) र कोहन देव जोशी (३२ मिनेट २०.२३ सेकेन्ड) पाँचौ भएका छन् ।

महिला ५ किलोमिटरमा आर्मीकी गिता विकले २१ मिनेट ३८.५२ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान प्राप्त गरिन् । आर्मीकी निर्मला केसीले २२ मिनेट ०८.२२ सेकेन्डका साथ दोस्रो स्थान हासिल गरिन् । एपिएफकी सिमा चौधरी (२२ मिनेट २८.१३ सेकेन्ड) मा तेस्रो, नेपाल पुलिस क्लबकी ब्रिसन्दा कुमाल (२२ मिनेट २९.६१ सेकेन्ड) ले चौथो र एपिएफकी आशा रावत (२२ मिनेट ४४.६६ सेकेन्ड) ले पाँचौ स्थान प्राप्त गरिन् ।

राइ टु प्रोटिन रनको हाफ म्याराथनको उपाधि महिलातर्फ एपिएफकी फुलमती राना र पुरुषतर्फ आर्मीका दीपक अधिकारीले जितेका छन् । नेपाल भेटेरिनरी एसोसिएसनले आयोजना गरेको प्रतियोगितामा फुलमतीले निर्धारित दुरी १ घण्टा २२ मिनेट १२ सेकेन्डमा पूरा गर्दै उपाधि जितिन् । उनले नेपाल पुलिस क्लबकी राममाया बुढालाई पाँच सेकेन्डले पछि पारेकी थिइन् ।

राममायाले उक्त दुरी १ घण्टा २२ मिनेट १७ सेकेन्डमा पूरा गर्दै दोस्रो भइन् । तेस्रो भएकी आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले उक्त दुरी १ घण्टा २३ मिनेट १० सकेन्डमा पूरा गरिन् । आर्मीकै कल्पना खड्काले १ घण्टा २७ मिनेट १२ सेकेन्डमा पूरा गर्दै चौथो भइन् । पुलिसकी अञ्जु खड्काले १ घण्टा ३२ मिनेट १३ सेकेन्डमा पूरा गर्दै पाँचौं बनिन् ।

पुरुषतर्फ दीपकले राजन रोकायालाई ६ सेकेन्डले पछि पार्दै उपाधि जिते । दीपकले निर्धारित दुरी १ घण्टा ५ मिनेट ८ सेकेन्डमा पूरा गर्दै उपाधि जिते । दोस्रो भएका राजनले १ घण्टा ५ मिनेट १४ सेकेन्डमा पूरा गरेका थिए । भारतीय सेनाका नरेन्द्र सिंह रावलले १ घण्टा ५ मिनेट ५५ सेकेन्डमा पूरा गर्दै तेस्रो बने ।

चौथो बनेका तिर्थ पुनले १ घण्टा ६ मिनेट ९ सेकेन्डमा उक्त दुरी पूरा गरे । तीर्थ गत वर्षको च्याम्पियन खेलाडी थिए । आर्मीका शुशिल कुमार शाहीले १ घण्टा ८ मिनेट ४ सेकेन्डमा पूरा गर्दै पाँचौं स्थानमा रहे । म्याराथनका दुवैतर्फका विजेताले १ लाख, दोस्रोले ७५ हजार र तेस्रो हुने खेलाडीले ६० हजार रुपैयाँ प्राप्त गरे ।

स्कुल ब्वाइज ५ किलोमिटर दौडमा सञ्जिव नेपाली विजयी भए । उनले १८ मिनेट ३६ सेकेन्डमा दौड पूरा गरे । श्याम मग्रातीे (१८ मिनेट ४५.५८ सेकेन्ड) दोस्रो, हिमालराज गुरुङ (१८ मिनेट ५०.३४ सेकेन्ड) तेस्रो भए । स्कुल गल्स ३ किलोमिटरमा कल्पना बुढा विजयी भइन् । कल्पनाले १८ मिनेट १५.२२ मिनेटमा दौड पूरा गरिन् । हिमाली शाही (१८ मिनेट ३५.७३ सेकेन्ड) दोस्रो र दिपशिखा शाही (१९ मिनेट १०.४० सेकेन्ड) तेस्रो भइन् ।

ह्विल चियर पुरुषमा प्रमेबहादुर विक पहिलो, रामकाजी मिजार दोस्रो र सोमनाथ राई तेस्रो भए । त्यस्तै ह्विचिय महिलामा रजनी राई पहिलो, यामी झाक्री मगर दोस्रो र जेनिसा कठायत तेस्रो भइन् । प्रधानमन्त्री पुष्पकमल दाहा प्रचन्डले विजेता खेलाडीलाई पुरस्कृत गरेका थिए । आयोजक एसोसिएनका अध्यक्ष शितलकाजी श्रेष्ठले चार हजार भन्दा बढीको उत्साहजनक सहभागिता रहेको जानकारी दिए ।

प्रतियोगितालाई नेपाल दाना उद्योग संघ र अन्तगर्तका दाना उद्योग सहयोगीको रुपमा रहेको बताइएको छ । प्रतियोगितामा प्रिमेरा हस्पिटल पार्टनर, इसेवा टिकेटिङ पार्टनर, आइएसएस साउन्ड सिस्टम पार्टनर तथा यूस र एसओवाई प्रबद्र्धकका रुपमा रहेका छन् । मेरियोट काठमाडौ र फेयरफिल्ड मेरियट हस्पिटालिटी पार्टनरका रुपमा रहेको बताइएको छ ।

गत वर्ष पहिलो संस्करण रन फर प्रोटिन हाफ म्याराथन भएको थियो । गत वर्षको हाफ म्याराथन महिलातर्फ १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठ र पुरुषतर्फ तीर्थ पुन विजयी भएका थिए ।

July 22, 2024

रसियासँग नेपालको अर्काे हार

काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग अर्काे हार बेहोरेको छ । यससँगै नेपालले दुई मैत्रीपुर्ण खेलकाे सिरिज रसियालाई २–० ले सुम्पिएकाे छ । सोमबार भएको दोस्रो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपालले ३–० कै […]

July 18, 2024

एपिएफ र पुलिस विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बिहीबार नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । लिग सिजनको पहिलो जित दर्ता गर्ने क्रममा एपिएफले सातदोबाटो माथि २-१ को जित हात पारेको हो । जितमा विकास टिटुङ र किशोर गुरुङले १-१ गोल गरे । सातदोबाटोका लागि योहान्ना लिम्बूले अन्तिम समयमा १ गोल […]

July 15, 2024

अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । […]

Success

Thank you for your time.