default_image

8 months ago

January 24, 2023

आर्मीको लगातार दोस्रो जित

पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबले पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ लगातार दोस्रो जित निकालेको छ । आर्मीले घरेलु टोली गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै टाइगर कपमा लगातार दोस्रो जित निकालेको हो । यसअघि आर्मीले पहिलो खेलमा […]

34 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबले पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ लगातार दोस्रो जित निकालेको छ ।

आर्मीले घरेलु टोली गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै टाइगर कपमा लगातार दोस्रो जित निकालेको हो । यसअघि आर्मीले पहिलो खेलमा होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–० कै सोझो सेटमा हराएको थियो ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार बिहान भएको खेलमा आर्मीले गण्डकीमाथि २५–१०, २५–१६ र २५–१६ को सहज जित निकाल्यो । लगातार दोस्रो जितसँगै आर्मीको दुई खेलबाट ६ अंक पुगेको छ ।

एपिएफको पनि समान २ खेलबाट ६ अंक छ । होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र गण्डकीले अंकको खाता खोल्न सकेको छैन । मंगलबार नै एपिएफले डायमण्डलाई २५–१५, २५–२० र २५–७ ले पराजित गरी दोस्रो जित निकालेको छ ।

अब महिलातर्फ राउन्ड रोविन लिगको अन्तिम खेलमा बुधबार आर्मी र एपिएफ तथा डायमण्ड र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ । यस खेलबाट शीर्ष चारको टुंगो लाग्नेछ ।

त्यसपछि सेमिफाइनलमा लिगको शीर्षस्थानमा रहेको टोलीले चौथो स्थानको टोलीसँग तथा लिगको दोस्रो र तेस्रो हुनेले दोस्रो सेमिफाइनल खेल्नेछ । विजेता फाइनलमा प्रवेश गर्नेछ ।

आज नै पुरुषतर्फ पुलिस र सेन्ट जोसेफ तथा गण्डकी र एपिएफबीच प्रतिस्पर्धा हुँदैछ । पुरुषतर्फ ५ टोली रहँदा एक टोली बाहिरिदा शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछ । लिगको शीर्षस्थानमा रहने टोलीले चौथो स्थानको टोलीसँग फाइनल पुग्न प्रतिस्पर्धा गर्दा लिगको दोस्रो र तेस्रो हुनेले दोस्रो सेमिफाइनल खेल्नेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ, आर्मी, डायमण्ड र गण्डकीको सहभागिता छ । यसअघि सहभागी हुने भनिएका दुई टोली नेपाल पुलिस क्लब र भारतको केरेला स्टेट इलेक्ट्रोनिक बोर्डले भाग लिएनन् ।

पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, सेन्ट जोसेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल पुलिस, एपिएफ र गण्डकी प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ । पहिलो संस्करणमा पुरुषतर्फ गण्डकी र महिलामा पुलिस च्याम्पियन बनेको थियो । दोस्रो संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी च्याम्पियन टोली हो ।

महिला–पुरुष दुवैतर्फ उपाधि विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् । तेस्रोले १ लाख २५ हजार र सान्त्वना हुनेले ६५ हजार प्राप्त गर्नेछन् । दुवै इभेन्ट्समा सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार तथा विधागततर्फका उत्कृष्टले समान १० हजार प्राप्त गर्नेछन् ।

October 1, 2023

अभिनाशलाई एकै ओभरमा तीन विकेट

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध एकै ओभरमा तीन विकेट लिएका छन् । जितको लागि २ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको माल्दिभ्सले ७ ओभरमा ५ विकेट गुमाउँदै २० रन बनाएको छ । नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको चौथो बलमै […]

September 29, 2023

हिसुब काठमाडौं रेजर्सको मार्की खेलाडी

काठमाडौं(हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका फरवार्ड हिसुब थपलिया नेपाल सुपर लिग (एनएसएल) मा साविक विजेता टोली काठमाडौं रेजर्सको मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् । दोस्रो संस्करणका लागि काठमाडौंले हिसुबलाई मार्की खेलाडीको रुपमा टोलीमा भित्र्याएको छ । मोरङ अटो वर्क्स इन्टरप्राइजेजको मातहतमा रहेको काठमाडौंले केही समय अगाडि मात्र राष्ट्रिय टोलीबाट डेब्यु गरेका फरवार्ड हिसुबलाई […]

September 28, 2023

पावरलिफ्टिङमा सविता र विकिन सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – सविता ह्यान्जु र विकिन जोशी राष्ट्रव्यापी पावरलिफ्टिङ प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । सविता र विकिन नेपालको स्टङगेस्ट एथलेटको उपाधीसहित समान ३७ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे । नेपाली युथ फिटनेश एण्ड केलिसथेनिक्सको आयोजनामा भएको दुई दिने प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, जुनियर र मास्टर्स गरि ४ वटा […]

Success

Thank you for your time.