default_image

3 years ago

January 25, 2023

एनएसएस कप फुटबल र बास्केटबल शुक्रबारदेखि

218 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेसनल स्कुल अफ साइन्सेस (निष्ट) ले उपत्यकाव्यापी अन्तर विद्यालय फुटबल र बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ‘एनएसएस कप’ फुटबल र बास्केटबल प्रतियोगिता माघ १३ देखि २२ गतेसम्म हुने जानकारी गराएको छ । फुटबल सेभेन ए साइड र बास्केटबल फिबाको नियमअनुसार खेलाइने प्रतियोगिताको संयोजक प्रभात रिसालले बताए ।

फुटबलतर्फ सेन्ट जेभियर स्कुल, विद्या संस्कार इन्टरनेस्नल स्कुल, जनप्रेमी हाई सेकेन्डरी स्कुल, बृहस्पति विद्यासदन, एभरेस्ट पब्लिक स्कुल, बौद्ध इन्टरनेस्नल स्कुल, निस्ट, निसर्ग बाटिका स्कुल, इम्पेरियल वल्र्ड स्कुल, जोन डेभ स्कुल, राजर्षी गुरुकुल स्कुल र त्रियोग हाई स्कुलगरी १२ टोलीको सहभागीता छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

बास्केबलतर्फ सेन्ट जेभियर स्कुल, भ्याली पब्लिक स्कुल, बौद्ध इन्टरनेस्नल स्कुल, जनप्रेमी हाइ सेकेन्डरी स्कुल, इम्पेरियल वार्ड स्कुल, निस्ट ए, निसर्ग बाटिका स्कुल, त्रियोग हाइ स्कुल, काठमाडौं प्रज्ञाकुञ्च, बुद्ध एकेडेमी, कान्जीरोव नेस्नल स्कुल, निस्ट बी, दिक्षालय फाउन्डेसन, संस्कृति इन्टरनेस्नल स्कुल र विद्यासंस्कार इन्टरनेस्नल स्कुल गरी ११ टोलीको सहभागीता छ ।

स्कुलका संचालक तथा प्रिन्सिपल माधव प्रसाद बरालले विद्यार्थीलाई अध्ययनमात्रै नभएर खेलकुद क्षेत्रमा सहभागी गराउन प्रतियोगिता आयोजना गर्न लागेको बताए ।

‘हामी हरेक वर्ष खेलकुद क्षेत्रमा रहँदै आएका छौं । धेरै गर्न पाएका छैनौं । तर, केहि न केहिमा हामी संलग्न हुँदै आएका छौं । खेलाडीलाई पढाइमा मात्रै हैन खेलकुदमा पनि सक्रिय गराउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.