3 years ago
January 27, 2023
पोखरा (हाम्रो खेलकुद) – घरेलु टोली गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले तेस्रो टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार तेस्रो स्थानको लागि भएको खेलमा गण्डकीलाई २५–१९, २५–१६ र २५–१६ ले पराजित गर्दै डायमण्डले तेस्रो स्थान हासिल गरेको हो । गण्डकीले कुनै पनि समय डायमण्डलाई बलियो चुनौती पस्कन सकेन ।
यस नतिजासँगै तीन भारतीय खेलाडीसम्मिलित गण्डकी प्रतियोगितामा जितविहीन बनेको छ । गण्डकीले ५ खेल खेल्दा लिगमा ३ तथा सेमिफाइनल र तेस्रो स्थानको स्पर्धामा हार बेहोर्याे । डायमण्डले भने पाँच खेल खेल्दा तीनमा हार बेहोर्दा दुईमा गण्डकीलाई हराउन सफल भयो । डायमण्ड आफ्नो महत्वपूर्ण स्पाइकर प्रतिभा मालीविना पोखरामा खेल्न पुगेको थियो ।
तेस्रो स्थान हासिल गरेसँगै डायमण्डले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । चौथो भएकाे गण्डकीले ६५ हजार प्राप्त गर्नेछन् । महिला र पुरुषतर्फको फाइनल शनिबार हुनेछ ।
महिलातर्फ उपाधिका लागि दुई विभागीय टोली साविक विजेता एपिएफ र उपविजेता आर्मीबीच प्रतिस्पर्धा हुनेछ । आज पुरुषतर्फको दुवै सेमिफाइनल हुनेछ । पहिलो सेमिफाइनलमा एपिएफ र पुलिस तथा दोस्रो सेमिफाइनलमा घरेलु टोली गण्डकी र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]