3 years ago
January 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय युवा संघ नेपालको आयोजनामा काठमाडौंमा यहि फागुन ११ गतेदेखि १७ गतेसम्म हुन गइरहेको ‘केपी ओली कप’ को विजेता टोलीले १० लाख रुपैयाँ पाउने भएको छ । प्रतियोगितामा ए डिभिजन क्लबहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

काठमाडौं उपत्यकाका फरक-फरक खेल मैदानमा हुने प्रतियोगितामा सहभागिताका लागि माघ १७ गतेभित्र टिम दर्ता गर्न खुला आह्वान गरिए आयोजक संघले जानकारी दिएको छ । प्रतियोगिता आयोजना गर्नुको मूल उद्देश्य नेपालमा व्यावसायिक फुटबलको प्रवर्द्धनमा केही योगदान गर्नु र यसका माध्यमबाट आम नागरिक, संघ संस्था तथा राजनीतिक दलहरुलाई समेत प्रेरित गर्नु नै रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेता टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्दा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिने जनाएको छ । आयोजकले प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार तथा हरेक खेलको म्यान अफ द म्याचलाई उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गर्नेछ ।

December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]