3 years ago
January 29, 2023
एजेन्सी – चौथो वरीयताका सर्वियन नोभाक जोकोभिचले कीर्तिमानी १०औं पटक अष्ट्रेलियन ओपनको उपाधि जित्न सफल भएका छन् ।

आइतबार तेस्रो वरीयताका स्टेफानोस सित्सिपासलाई ३–० को सोझो सेटमा पराजि गर्दै जोकोभिचले कीर्तिमानी १०औंपटक अष्ट्रेलियन ओपन जित्न सफल भएका हुन् ।
मेलवर्न पार्कमा आइतबार भएको फाइनलमा ग्रीसका सित्सिपासलाई पहिलो सेटमा ६–३ ले सहजै पराजित गरेपनि जोकोभिचले दोस्रो र तेस्रो सेट जित्न संघर्ष गर्नुपरेको थियो । जोकोभिचले दोस्रो सेट ७–६ (७–४) र तेस्रो सेट ७–६ (७–५) ले आफ्नो पक्षमा पार्न सफल भए ।
मेलबर्न पार्कमा जोकोभिचको यो १०औं उपाधि हो । अस्ट्रेलियाका रोए इमर्सन र स्विट्जरल्यान्डका रोजर फेडेररले समान ६ पटक अष्ट्रेलियन ओपन जितेका छन् । जोकोभिचले यसअघि सन् २००८, २०११, २०१२, २०१३, २०१५, २०१६, २०१९, २०२० र २०२१ मा अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए ।
३५ वर्षीय जोकोभिचको यो २२औं ग्रान्डस्लाम उपाधि हो । यससँगै जोकोभिचले स्पेनिस राफयल नाडालको सबैभन्दा धेरै २२ ग्रान्डस्लामको उपाधि जित्ने कीर्तिमानलाई बराबरी गरेका छन् ।
जोकोभिचले दुई फ्रेन्च ओपन, सात विम्बल्डन र तीन यूएस ओपनको उपाधि जितेका छन् । कोभिड–१९ विरुद्धको खोप नलगाएका कारण जोकोभिचले गत वर्ष अस्ट्रेलियन ओपन खेल्न पाएका थिएनन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]