3 years ago
January 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – इचंगुनारायण डोजो र ब्रह्माष्मी स्कुलले प्रथम सरस्वती कप सिनियर तथा जुनियर कराँते प्रतियाेगिताको उपाधि जितेको छ ।

नेपाल वादोरियो कराते सरस्वती डोजोको आयोजनामा १३ र १४ माघमा भएको प्रतियोगितामा सिनियरतर्फ इचंगुनारायण डोजोले तथा जुनियरमा ब्रह्माष्मीले उपाधि जितेको हो ।
सिनियरतर्फ कुल १४ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा इचंगुले २ स्वर्ण २ रजत र ५ कास्यगरी ९ पदक जित्न सफल भयो । दोस्रो भएको च्याम्पियन मार्सल आर्ट एकेडेमीले २ स्वर्ण १ रजत र ३ कास्य हात पा¥यो । तेस्रो भएको मनमैजु डोजोले २ स्वर्ण १ रजत र ३ कास्य जित्यो । आयोजक सरस्वती डोजोले भने १ स्वर्ण ५ रजत र ५ कास्यमा चित्त बुझायो ।
त्यस्तै जुनियरतर्फ भने ब्रहमाष्मी स्कुल पहिलो भएको छ । ब्रहमाष्मीले ६ स्वर्ण ६ रजत र ७ कास्यसहित १९ दिक हात पार्दा ५ स्वर्ण २ रजत र १ कास्य पदक सहित पाँचपोखरी स्कुल टिम दोस्रो बन्यो । त्यसैगरी ३ स्वर्ण ५ रजत र ८ कास्य जितेको योङहार्ट स्कुल टिम तेस्रो बन्यो ।
दुई दिन चलेको प्रतियोगिताको उदघाट्न प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेले गरेका थिए । विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्र गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल, वडा अध्यक्ष नारायण सुवेदी, नेपाल कराते महासंघका महासचिव हरिशरण केसी लगाएतले वितरण गरेका थिए ।
प्रतियोगितामा विभिन्न जिल्लाबाट २५ वटा स्कुल र डोजोका ३५० खेलाडीले सहभागिता जनाएका थिए । सिनियर इभेन्ट्मा क्रमश २५ हजार १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
गोकर्णेश्वर नगरपालिकाको सहयोगमा प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक समेत रहेका सरस्वती डोजोका प्रमुख प्रशिक्षक पुरुषोत्तम पोखरेलले जानकारी दिए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]