3 years ago
February 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स कलेज र ह्वाइट हाउस कलेजले नवौं एलआरआई बास्केटबल तथा फुटसल फेस्टको उपाधि जितेका छन् । टाइम्स बास्केटबलमा तथा ह्वाइट हाउस फुटसलमा च्याम्पियन बनेको हो ।

एलआरआई स्कुलको खेल मैदानमा बिहीबार भएको बास्केटबलतर्फको फाइनलमा टाइम्सले सिसिआरसिलाई ७६–५२ को अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
त्यस्तै फुटसलको फाइनल खेलमा ह्वाइट हाउस कलेज केसिसिएसलाई ४–२ अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । बास्केटबलमा टाइम्सका पारस केसी तथा फुटसलमा ह्वाइट हाउसका समिर वन उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितमा २० कलेजको सहभागिता रहेको थियो ।
उपाधिसँगै टाइम्स र ह्वाइट हाउसले समान २४ हजार रुपैयाँ, मेडल र ट्रफी प्राप्त गरेका छन् । दोस्रो भएको सिसिआरसि र केसिसिएसले समान १२ हजार प्राप्त गरेको छ । विजयी टोली तथा खेलाडीलाई नागार्जुन नगरपालिकाका उपप्रमुख सुशिला अधिकारीले एलआरआईका प्राचार्य डा. देवकान्त जोशी, उच्च माविका संयोजक ध्रुब खड्कालगायतले पुरस्कृत गरे ।

स्कुलले विगत लामो समयदेखि विद्यार्थीहरुमा लुकेको प्रतिभा उजागर गर्न यस्ता प्रतियोगिता आयोजना गर्दै आएकोमा कोभिडका कारण निरन्तरता दिन नसकिएको बताउदै समयानुकुल प्रतियोगितालाई निरन्तरता दिने स्कुलका प्रमुख प्रशासकिय अधिकृत दीपक जोशीले बताए ।
राष्ट्रका लागि खेलकुद क्षेत्रमा राम्रो खेलाडीहरु उत्पादन गर्न विद्यालय तथा कलेजहरु अतिनै उर्बर माध्यम भएकोले स्कुलले विद्याथीैहरुको अध्ययनमा बाधा नपुग्ने गरी फुटसल, क्रिकेट, बास्केटबल, भलिबल, ब्याटम्यान्टिन, टेबुलटेनिस, चेस, एरोबिक्स लगायतका बिधामा अभ्यास गराईरहेको अतिरिक्त क्रियाकलापका संयोजक जयराम खड्काले बताए ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]