10 months ago
February 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एनभिए क्लब च्याम्पियन विभागीय नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । तेस्रो टाइगर कपको विजेता एपिएफले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार […]
काठमाडौं (हाम्रो खेलकुद) – एनभिए क्लब च्याम्पियन विभागीय नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
तेस्रो टाइगर कपको विजेता एपिएफले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको दोस्रो खेलमा एपिएफले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पार्न सफल भयो ।
दोस्रो र तेस्रो सेटमा एपिएफले समान २५–२१ र २५–२१ को जित निकाल्न सफल भयो । एपिएफकी सरस्वती चौधरी प्लेयर अफ दि म्याच घोषित भइन् । उनले १० हजार रुपैयाँ र ट्रफी हात पारिन् । यस जितसँगै एपिएफले ३ अंक जोडेको छ । पराजित पुलिसले अंक जोड्न सकेको छैन ।
दिनको पहिलो खेलमा होङ्गान्जी न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबले आर्मीलाई ३–० को सोझो सेटमा हराएर विजयी सुरुवात गरिसकेको छ । डायमण्ड र एपिएफको समान ३ अंक छ । आर्मी र पुलिसको अंकको खाता खोल्न सकेको छैन ।
प्रतियोगितामा आइतबार दुई खेल हुनेछ । पहिलो खेलमा एपिएफ र आर्मी तथा दोस्रो खेलमा न्यू डायमण्ड र पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।
२४ माघसम्म चल्ने प्रतियोगितामा तीन विभागीय टोलीसहित चार टोलीको सहभागिता रहेको छ । आइतबार र सोमबार लिग चरणका खेल हुनेछन् । मंगलबार प्रतियोगिताको फाइनल र तेस्रो स्थानको खेल हुनेछ । शीर्ष २ टोलीले उपाधिका लागि खेल्दा पुछारका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
२०७२ सालदेखि हरेक वर्ष राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको प्रतिष्ठानले कोरोनाका कारण पछिल्लो तीन वर्ष प्रतियोगिता गर्न सकेको थिएन ।
विजेताले ३ लाख रुपैयाँ र शिल्ड प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने टोलीलाई ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ । विजेतालाई आयोजकले गोकर्ण फरेस्ट रिसोर्टमा रात्री भोजको व्यवस्था गर्नेछ ।
विधागततर्फ उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ यस्तै एक नयाँ खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्डबाट सम्मानित गरिनेछ ।
उद्घाटनको अवसरमा नेपाल तथा डायमण्डकी लिवेरो सलिना श्रेष्ठ शेर बहादुर स्मृति स्पेशल अवार्डबाट सम्मानित भएकी छिन् । उनलाई ५० हजार, दोसल्ला र कदरपत्रले सम्मानित गरिएको छ ।
November 24, 2023
नेपालगञ्ज (हाम्रो खेलकुद)- नवौं धारा नेपालगञ्ज म्याराथनको अघिल्लो दिन शुक्रबार नेपालगञ्ज कनक्लेभमा नेपाली खेलकुदका विषयमा मन्थन भएको छ । नेपालगञ्ज कन्क्लेभमा खेलकुदसँगै समाज, रोजगारी, साहित्य , उद्यमशिलता, पर्यटनलगायतका विषयमा अलग अलग सेसनमा चर्चा भएको छ ।क्रियटिभ ह्याण्ड्सको आयोजनमा शनिबार हुने म्याराथनको पूर्वसन्ध्यामा आयोजित नेपालगन्ज कन्क्लेभमा ६ वटा सत्रमा मन्थनमा भएका थिए।कन्क्लेभको पहिलो सत्र ‘खेलकुदसँग टुटेको […]
November 20, 2023
एजेन्सी – भारतको आइसिसी विश्वकप उपाधि जित्ने सपना पुन अधुरै रह्यो । घरेलु मैदानमा सानदार प्रदर्शन गरेपनी फाइनलमा अष्ट्रेलियासँग ६ विकेटले हार्न पुग्यो । जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाका ट्रविस हेडले १ सय २० बलमा १५ चौका र ४ छक्कासहित १ सय […]
November 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबलको चर्चित ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको १६औं संस्करण आगामी माघ दोस्रो सातादेखि आयोजना हुने भएको छ । आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले कोरोना भाइरस (कोभिड–१९) पछि रोकिएको ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको १६औं संस्करण माघ १२ देखि २२ गतेसम्म हुने काठमाडाैंमा हुने जानकारी गराएको छ । ११ […]