default_image

3 years ago

February 7, 2023

काष्ठमण्डप र एक्सेल्सियर सेमिफाइनलमा

238 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काष्ठमण्डप र आयोजक द एक्सेल्सियर स्कुलको रातो टिम नवौं एक्सेल्सियर कपअन्तर्गत यु–१२ ब्वाइज फुटबलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

काष्ठमण्डपले स्वस्तिश्रीलाई ५–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । काष्ठमण्डपका सहज ढकालले ४ तथा सुप्रिम बोहराले १ गोल गरे ।

एक्सेल्सियर रातोले आफ्नै पहेलो टोलीलाई १–० गोलले हरायो । साहिलराज थापाले निर्णायक गोल गरे । यस्तै रेडिअन्ट पब्लिक र संस्कृति पनि सेमिफाइनलमा पुगेका छन् । रेडिअन्टले बृहस्पति विद्या सदनलाई २–० ले तथा संस्कृतिले रिब्समाथि २–० को जित आत्मासात् ग¥यो ।

यु–१६ ब्वाइज फुटबलमा ग्रिनफिल्ड, श्री सञ्जय साइ, न्यु इरा र हार्टल्यान्ड एकेडेमीले सेमिफाइनलमा स्थान बनाए । ग्रिनफिल्डले एलआरआईलाई ६–० ले पाखा लगायो । श्री सञ्जय साइले होली भिजनलाई ४–३ ले पन्छायो । न्यु इराले एनआईसी एकेडेमीलाई ३–२ गोलले निराश पा¥यो । हार्टल्यान्डले एक्सेल्सियरमाथि ७–० को आरामदायी जित निकाल्यो ।

गल्र्स बास्केटबलमा संस्कृतिले एक्सेल्सियरलाई १९–६, रेडिअन्ट पब्लिकले द चाँदबाग स्कुललाई २०–८ र रातो बंगलाले मोर्डन इन्डियन स्कुल (एमआईएस) लाई २७–४ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

सिनियर ब्वाइज बास्केटबलमा जेनिथले रातो बंगलालाई ४०–१३ तथा एमआईएसले पिपल्स एकेडेमीलाई ३४–२३ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.