3 years ago
February 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बक्समान्डुकी अन्जनी र विभागीय त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङ भारतको नयाँ दिल्लीमा आयोजना हुने आईबा वल्ड वुमन्स् बक्सिङ च्याम्पियनसिप २०२३ मा छनोट हुन सफल भएका छन् ।

नेपाल बक्सिङ संघको आयोजनामा सातदोबाटोस्थित बक्सिङ हलमा मंगलबार भएको ५२ केजी तौल समुहको फाइनलमा अन्जनी तेलीले आर्मीकी वर्षा श्रेष्ठलाई ५ः० अंकको आधारमा र आर्मीकी मिनु गुरुङले एपीएफकी शर्मिला तामाङलाई ५ः० अंकको आधारमा जित हासिल गर्दै छनोट हुन सफल भएका हुन् । आईबा वल्ड वुमन्स् बक्सिङ च्याम्पियनसिप मार्च १३ देखि २७ तारिखसम्म हुँदैछ ।
५० केजी तौल समुहमा आरडिएसकी रमिसा श्रेष्ठ र आर्मीकी आरती बम्जन सेमिफाइनलमा प्रवेश गरेका छन् । रमिसाले पुलिसकी रिता धरलालाई ४ः१ ले तथा आरतीले झापाकी तेजिमाया गुरुङलाई ५ः० अंकको आधारमा हराइन् ।
५७ केजी तौल समुहमा झापाकी सुस्मिता राईले पुलिसकी निशा तामाङलाई ३ः२ अंकको आधारमा पराजि गर्दै फाइनलमा स्थान बनाइन् । ७५ केजी तौल समुहमा एपिएफकी सरस्वती राना मगरले आर्मीकी अनुपा चौधरीलाई एबिडीको आधारमा जित हासिल गर्दै फाइनलमा स्थान बनाउन सफल भइन् ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]