3 years ago
February 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल मोडल र स्कोलर्स होम्सले दोस्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा विजयी सुरुआत गरेका छन् ।

शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा नेपाल मोडलले आयोजक भद्रकालीलाई ३०–२३ ले पराजित ग¥यो । नेपाल मोडलको जितमा सौरव चौधरीले १४ अंक योगदान गरे । महेन्द्र पोखरेलको ६ अंक सहयोगमा स्कोलर्स होम्सले टीआईएलाई २५–२४ को झीनो अन्तरले हरायो ।
सिनियर ब्वाइजमै गोल्डेन पिकले जुगललाई ४३–३२ तथा एचएचसीएले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३५–३२ ले पन्छाए । गोल्डेनपिकका विजय तामाङले १४ तथा एचएचसीएका हेमन्त मगरले १२ स्कोर गरे ।
हात्तीगौडास्थित आयोजक भद्रकालीको कोर्टमा भइरहेको प्रतियोगिताको गल्र्समा एचएचसीएले भद्रकालीलाई २६–१७ ले निराश पा¥यो । जुनियर ब्वाइजमा स्किब्सले भद्रकालीलाई २९–२२ तथा हिमालयन किङडमले इबीएलाई १८–१६ ले पाखा लगाए ।स्किब्सका सोहन ठकुरीले १५ तथा हिमालयनका आदित्य श्रेष्ठले ६ अंक जोडे ।
प्रतियोगिताको भद्रकालीकी संस्थापक अध्यक्ष सुनिता अधिकारी र संस्थापक कृष्णप्रसाद अधिकारीले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे । प्रभु बैंकको मुख्य प्रायोजनमा फागुन ५ गतेसम्म चल्ने प्रतियोगिताको सिनियर ब्वाइजमा १७, गल्र्समा ९ र जुनियर ब्वाइजमा १३ टिम सहभागी छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]