default_image

3 years ago

February 11, 2023

सुष्मासहित ४ बक्सर सम्मानित

226 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएसबीसी यु–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्न सफल सुष्मा तामाङसहित ४ खेलाडी शनिबार नगदसहित सम्मानित भएका छन् ।

एक्स बक्सिङ ग्रुप मकाउ तथा विभिन्न देशमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रि खेलाडीको समूहले उनीहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।

थाइल्यान्डको बैंककमा जनवरी १६ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा सुष्माबाहेक अन्य ३ खेलाडीले कांस्य पदक जितेका थिए । हेमा राई, तृषा जवेगु र विजय बाटाले कांस्य जितेका थिए ।

सुष्मालाई ३५ हजार तथा बाँकीलाई जनही २५ हजार नगदसहित पुरस्कृत गरियो । उक्त प्रतियोगिताका प्रशिक्षकद्वय दीपक महर्जन र सन्दिप श्रेष्ठ तथा सुष्माका सुरुआती प्रशिक्षक नवीन तण्डुकारलाई पनि जनही १० हजार नगदसहित सम्मान गरियो ।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठ, सम्मान गर्ने संस्थाको तर्फबाट मानबहादुर श्रेष्ठले एक कार्यक्रमबीच सम्मान गरे ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.