3 years ago
February 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद विश्वविद्यालय कार्यदलले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई आशय पत्र हस्तान्तरण गरेको छ ।

विश्वविद्यालयकी सह–संयोजक गीता क्षेत्री राणाले राखेप सदस्य–सचिव टंकलाल घिसिङलाई प्रस्तावित आशय पत्र हस्तान्तरण गरिन् ।
आशय पत्रमा समस्याका पहिचान, लक्ष्य, खेलकुद विश्वविद्यालयको उद्देश्य, औचित्य, खेलकुद विश्वविद्यालय स्थापना गर्न थप आवश्यक आधार, खेलकुद विश्वविद्यालयको आधारभूत चरित्र, सम्भावित चुनौती, अवसर र उपाय, शैक्षिक कार्यक्रम र पाठ्यक्रम, उपादेयता तथा नीतिगत व्यवसथापनका विषयमा उल्लेख गरिएको छ ।
नेपालमा खेलकुद विश्वविद्यालय स्थापना गर्न आवश्यकता महशुस गरी राखेपले नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा १३ सदस्यीय खेलकुद विश्वविद्यालय कार्यदल गठन गरेको थियो ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]