default_image

3 years ago

February 11, 2023

चीनका वेन्बो र झाङलाई स्वर्ण

231 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वेन्बो बाइ र झाङ क्विन वेइले आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौं, नेपाल सर्किट– २ अन्तर्गत सिंगल्स स्पर्धामा शनिबार स्वर्ण जितेका छन् । दुवै चीनका हुन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज सिंगल्स फाइनलमा वेन्बोले भारतका प्रत्यशलाई पराजित गरे । पहिलो सेट वेन्बोले ६–० ले सहजै जितेका थिए । दोश्रो सेटमा वेन्बो १–० ले अगाडि रहेका अवस्थामा प्रत्यश रिटायर्ड हर्ट भएपछि वेन्बोलाई विजेता घोषित गरिएको थियो ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्समा झाङले मंगोलियाकी मराल्गु चोक्सोम्जाभलाई ६–० र ६–४ को सोझो सेटमा पराजित गरिन् । सर्किट– १ मा पनि मराल्गु उपविजेतामै सीमित भएकी थिइन् । सर्किट– १ मा मराल्गु आफ्नै दिदी मार्तासंग चुकेकी थिइन् ।

शुक्रबार सम्पन्न डबल्स फाइनलको ब्वाइजमा भारतका सेहजसिंह पवार र देबशिष साहु तथा गल्र्समा बेल्जियमकी क्यामिली फिसेट र रुसकी मिलिना शुब्खान्कुलोभाको जोडीले स्वर्ण जितेका थिए ।

सर्किट– १ मा स्वर्ण जितेका कुनैपनि खेलाडीले सर्किट– २ मा स्वर्ण जित्न सफल भएनन् । सर्किट– १ को ब्वाइज सिंगल्समा भारतका देबशिष साहु तथा गल्र्स सिंगल्समा मार्ता पहिलो भएका थिए । डबल्सको ब्वाइजमा नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडा तथा गल्र्समा मार्ता र मराल्गुको जोडी च्याम्पियन बनेका थियो ।

विजेतालाई नेपाल टेनिस संघका उपाध्यक्ष केशवराज पाण्डे र सदस्य जयजीव हाडाले एक कार्यक्रमबीच पुरस्कृत गरे । छदिने प्रतियोगितामा समान ३२–३२ ब्वाइज र गल्र्स खेलाडीले सिंगल्स र डबल्स गरी ४ स्पर्धामा प्रतिस्पर्धा गरेको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.