8 months ago
February 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – निर्मल ज्योतिले सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा जित हात पारेको छ । काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा आइतबार भएको खेलमा निर्मल ज्योतिले पाणिनीलाई ४–० गोलले पराजित गरेको हो । समर्पण थापाले ह्याट्रिक पूरा गर्दा सागर मगरले एक गोल गरे । अन्य खेलमा टाइमलाइन, मनकामना, मोनास्टिक र कौतिल्यले सफलता हात […]
काठमाडौं (हाम्रो खेलकुद) – निर्मल ज्योतिले सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा जित हात पारेको छ ।
काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा आइतबार भएको खेलमा निर्मल ज्योतिले पाणिनीलाई ४–० गोलले पराजित गरेको हो । समर्पण थापाले ह्याट्रिक पूरा गर्दा सागर मगरले एक गोल गरे ।
अन्य खेलमा टाइमलाइन, मनकामना, मोनास्टिक र कौतिल्यले सफलता हात पारे । टाइमलाइनले सीबीआईएलाई टाइब्रेकरमा ५–४ गोलले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो ।
मनकामनाले श्रमशीलमाथि ५–० को सहज जित दर्ता ग¥यो । मनकामनाका अनिश डंगोलले ह्याट्रिक गरे भने नितेश तामाङ र सुनिल डंगोलले १–१ गोल थपे ।
मोनास्टिकले हाइल्यान्डलाई २–० गोलले पाखा लगायो । मोनास्टिकका लागि दुवै गोल ओस्नन् तामाङले गरे । कौतिल्यले अक्षरिकालाई १–० गोलले पाखा लगायो । पदमराज खड्काले निर्णायक गोल गरे ।
September 25, 2023
सिड्नी (हाम्रो खेलकुद) – ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा चौथो संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप २०२३ यसै महिना आयोजना हुने भएको छ । एकदिने महिला र पुरुष ढोरपाटन रनिङ कप २०२३ असोज १४ गते आइतबार (अक्टोवर १) अवर्न बास्केटबल सेन्टर लिडकममा हुनेछ । रनिङ कपमा पुरुषतर्फ १० र महिलामा ५ टोलीको सहभागिता रहेको छ […]
September 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा वीरजङ स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । महासंघले बुधवार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता असोज १८ देखि २१ गतेसम्म काठमाडौँको नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुने महासंघका महासचिव विनोद चन्दले जानकारी गराए । प्रतियोगिताको विजेताले ५ लाख […]
September 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले १९औं एसियाली खेलकुद (एसियाड) मा लगातार दोस्रो हार बेहोरेको छ । समूह ‘बी’ को खेलमा नेपाल बलियो इरानसँग ३–० को सोझो सेटमा पराजित भएसँगै एसियाडमा लगातार दोस्रो हार बेहोरेको हो । चाइना टेक्सटाइल सिटी स्पोर्ट्स सेन्टर जिम्नेसियममा बुधबार भएको खेलमा बलियो इरानविरुद्ध नेपालको प्रदर्शन तीनै सेटमा […]