3 years ago
February 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) को आयोजनामा १५औं फेका कप अन्तरविद्यालय फुटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगितामा २४ छात्र टिमको सहभागिता रहने प्रतियोगिता संयोजक मुरारीप्रकाश सन्जेलले जनाएका छन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी नकआउट आधारमा खेल खेलाइने छ ।
समूह ‘ए’ मा कौस्तुभ, अक्षरिका, एमसीपीएस, शिक्षालय, हाइली क्रिएटिभ र एनएसपी तथा समूह ‘बी’ मा एकलब्य, प्रीतिमा, भीबीइएसएस, गोल्डेन बड, हाइल्यान्ड र एनएमइ रहेका छन् ।
अक्षरा, डेन्स, करियर बिल्डिङ इन्टरनेसनल एकेडेमी, गोठाटार, श्रमशील र गेटवे समूह ‘सी’ मा छन् भने कस्मिक, एप्पल, पुष्प वाटिका, ओरियन्टल, कोटदेवी र ब्रम्हकुञ्ज समूह ‘डि’ मा छन् ।
विजेताले ३० हजार, उपविजेताले २० हजार, तेश्रोले १० हजार र चौथोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने फेकाका सचिव किरणप्रकाश न्यौपानेले जानकारी गराए ।
प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख १० हजार रुपैयाँ खर्च हुने बताइएको छ । खेलहरु पेस्सीकोलास्थित मैदानमा हुनेछ । फाइनल फागुन १३ गते सम्पन्न हुनेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]