3 years ago
February 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – क्याम्ब्रिज पब्लिक हाई स्कुल र एडभान्स स्कुल छैटौं माफ इन्टर स्कुल गल्स भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

क्याम्ब्रिज पब्लिक हाई स्कुल पुरानो बानेश्वरमा मंगलबार भएको खेलमा घरेलु टोली क्याम्ब्रिजले एलिक्सर स्कुल र पिस पोइन्टलाई पराजित गर्दै पोल ‘सी’ को विजेता बनेर अन्तिम आठमा पुग्न सफल भएको हो । यो समूहबाट एलिक्सर समूह उपविजेता बनेर क्वाटरफाइनलमा पुगेको छ । पिस पोइन्ट स्कुल बाहिरिएको छ ।
पोल ‘ए’ बाट एडभान्स स्कुल समूह विजेता र लाइसियम उपाविजेता बनेर क्वाटरफाइनलमा पुगेको छ । यो पोलबाट बेवी लोन स्कुल बाहिरिएको छ । पोल ‘बी’ बाट विजकिड्स समूह विजेता तथा जगत मन्दिर स्कुल उपविजेता बनेको छ । यो पोलबाट रिभेरा स्कुल बाहिरिएको छ ।
पोल ‘डी’ मा दुई टोली रहँदा सम्भावी समूह विजेता तथा ज्ञान निकेतन स्कुल उपविजेता बनेको छ । अब क्वाटरफाइनलमा एडभान्स र एलिक्सर, विजकिड्स र ज्ञान निकेतन, क्याम्ब्रिज र लाइसियम तथा सम्भावी र जगत मन्दिरले बुधबार खेल्नेछ । बुधबार नै सेमिफाइनल हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा पुर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी मिनध्वज खड्का पनि उपस्थित रहेको थियो ।
मंगलबारदेखि सुरु भएको प्रतियोगिता प्याब्सन अन्तरगत माफ क्लस्टरका विभिन्न ११ स्कुलको सहभागिता रहेको छ । सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनल पुग्नेछ ।
प्रतियोगिताको विजेताले १५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले १० हजार तथा तेस्रो हुनेले ५ हजार रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी, स्पाइकर, सेटर, डिफेन्डर, सर्भर र ब्लकरले ट्रफी प्राप्त गर्नेछ ।
म्याचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा भइरहेको प्रतियोगिताको सुरुवातदेखि नै क्याम्ब्रिजले व्यवस्थापन गर्दै आइरहेको छ ।
माफले २०७२ देखि महिला भलिबल प्रतियोगिता गर्दै आइरहेको र पछिल्लो समय कोभिडको कारण गर्न नसकिएको क्याम्ब्रिजका संस्थापक प्रिन्सिपल, काठमाडौं प्याब्सनका उपाध्यक्ष तथा माफको सल्लाहकार रीता राई दाहालले जानकारी गराइन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]