3 years ago
February 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन विराटनगरमा जारी ‘लिनिङ १२औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफााइनलमा प्रवेश गरेका छन् ।

नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनामा भइरहेको प्रतियोगिताको शीर्ष १६ वरीयताको पुरुष एकलतर्फ बुधबार भएको लिगको समूह ‘बी’को खेलमा प्रिन्सले आफ्नै क्लबका जीवन आचार्यलाई २१–९ र २१–१४ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन् ।
प्रिन्सले आफ्नो समूहको तीनै खेलमा जित हात पारे । कास्कीका विधान अधिकारी उपविजेता बनेर कवाटरफाइनल पुगेको छ ।विधानले एक जित र एक वाकओभर प्राप्त गर्दै क्वाटरफाइनलमा पुगेका हुन् । विधानले बुधबार पुलिसका पुर्ण बहादुर थापाबाट वाक ओभर पाए ।
समूह ए बाट पुलिसका बिष्णु कटुवाल विजेता तथा आर्मीका रुकेश महर्जन उपविजेता बनेको क्वाटरफाइनला पुगेको छ । विष्णुले बुधबार रुकेशलाई १९–२१, २१–१६ र २१–५ ले पराजित गरे ।
समूह सीबाट एपिएफका क्षितिज खनाल विजेता र देवराज राना उपबिजेता बन्दै क्वाटरफाइनलमा स्थान पक्का गर्न सफल भए ।क्षितिजले आफ्नो तीनै खेलमा जित निकाल्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् ।
क्षितिजले देवराज रानालाई २१–१५, १८–२१ र २१–१८ पराजित गरे । अघिल्लो दुई खेलमा जित निकालेको देवराज उपविजेता बन्यो । यस समूहको अर्को खेलमा एपिएफका बिजीत थापा मगरले पुलिसका दीपक बोहरालाई पराजित गरे । २१–१५ र २१–१६ ले पराजित गरे ।
समूह डी बाट आर्मीका प्रफुल महर्जन विजेता र पुलिसका सुनिल जोशीले उपविजेताको रुपमा क्वाटरफाईनलमा पुगेको छ । प्रफुलले तीन खेलमै जित निकाल्यो । महर्जनले जोशीलाई २१–६ र २१–१३ ले पराजित गरे ।
सुनिल दुई जितबाट अघि बढ्यो । यो समूहमा आर्मीका नरेन्द्र बमले अनिल मल्ललाई १६–२१, २१–१९ र २१–१५ ले पराजित गरे । अब क्वाटरफाइनलमा बिष्णु र देवराज, प्रफुल र विधान, रुकेश र क्षितिज तथा सुनिल र प्रिन्सबीत प्रतिस्पर्धा हुनेछ ।
महिलातर्फ शीर्ष १२ वरीयताको एकलमा समूह ‘ए’ बाट आर्मीकी रशिला महर्जन विजेता र पुलिसकी निता लम्साल उपबिजेता, समूह ‘बी’ बाट आर्मीकी अमिता गिरी विजेता र एपिएफकी शोभा गौचन उपबिजेता, समूह ‘सी’ बाट आर्मीकी अनुमाया राई विजेता र एपिएफकी सुनयना मुखिया उपविजेता, समूह ‘डी’ बाट एपिएफकी जेशिका गुरुङ विजेता र आर्मीकी प्राथना देउवा उपविजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
रशिलाले नितालाई २१–१४ र २३–२१, अमिताले शोभालाई १३–२१, २१–१५ र २१–१५, अनुमायाले सुनयनालाई २१–१९ र २१–७ र जेशिकाले प्राथनालाई २१–१० र २२–२० ले पराजित गरे । अब क्वाटरफाईनलमा रशिला र सुनयना, जेशिका र शोभा गौचन, निता र अनुमाया तथा अमिता र प्राथनाबीच प्रतिस्पर्धा हुनेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]