3 years ago
February 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ज्ञान निकेतन स्कुलको आयोजनामा हुने २० औं ज्ञान निकेतन कप बास्केटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

बिहीबारदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको ज्ञान निकेतनकी प्रिन्सिपल लीला कुँवरले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् ।
प्रतियोगितामा सिनियर ब्वाइजमा ८, जुनियर ब्वाइजमा ७ र गल्र्समा ४ गरी १९ टिमको सहभागिता रहने ज्ञान निकेतनका निर्देशक एवं प्रतियोगिता संयोजक सञ्जयजित कुँवरले जानकारी गराए ।
ब्वाइज टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । गल्र्समा राउन्ड रोविन लिगमा खेल हुनेछ र लिगमा शीर्ष दुई स्थानमा रहने टिमले पुनः उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
सिनियर ब्वाइजको समूह ‘ए’ मा ज्ञान निकेतन, मनासलु, केएमसी र नेरिक तथा समूह ‘बी’ मा एन्जल लर्ड, बुद्ध एकेडेमी, पुष्प वाटिका र काठमाडौं जेभियर छन् ।
जुनियर ब्वाइजमा नेरिक, इनोभेटिभ र युनिक नेपाल समूह ‘ए’ मा छन् भने ज्ञान निकेतन, ग्रिनफिल्ड, काठमाडौं जेभियर र केएमसी समूह ‘बी’ मा रहेका छन् । गल्र्समा सहभागी टिमहरुमा ज्ञान निकेतन, इनोभेटिभ, चैतण्य र मनासलु छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख ५० हजार रुपैयाँ खर्च हुने ज्ञान निकेतनकी आर्थिक निर्देशक मिरा थापाले बताइन् । फागुन ९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु शंखमूलस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ । ज्ञान निकेतन बास्केटबल विद्यालयस्तरको पुरानो प्रतियोगिता मध्येको एक हो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]