7 months ago
February 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ठमिछोवा फुटबल क्लबले शेर्पा समुदायको सबैभन्दा ठुलो खेलकुद प्रतियोगिता खुम्बु ल्होसार कप फुटबलको १३औं संस्करणको उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनलमा नाम्चे युवा क्लबलाई ३–१ ले पराजित गर्दै ठमिछोवाले उपाधि उचालेको हो । उपाधिसँगै ठमिछोवले १ लाख नगदसहित ट्रफी र मेडल प्राप्त गरेको छ । दोस्रो भएको नाम्चे युवा क्लबले […]
काठमाडौं (हाम्रो खेलकुद) – ठमिछोवा फुटबल क्लबले शेर्पा समुदायको सबैभन्दा ठुलो खेलकुद प्रतियोगिता खुम्बु ल्होसार कप फुटबलको १३औं संस्करणको उपाधि जितेको छ ।
शनिबार सम्पन्न फाइनलमा नाम्चे युवा क्लबलाई ३–१ ले पराजित गर्दै ठमिछोवाले उपाधि उचालेको हो । उपाधिसँगै ठमिछोवले १ लाख नगदसहित ट्रफी र मेडल प्राप्त गरेको छ । दोस्रो भएको नाम्चे युवा क्लबले ५० हजार नगदसहित र मेडल मेडल प्राप्त गरेको छ ।
आमाडब्लमले जुभिङ शेर्पा कुदिक क्लबलाई २–० ले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । तेस्रो भएको आमाडब्लमले २५ हजार नगदसहित मेडल प्राप्त गरेको छ ।
शेर्पा समुदायको नयाँ वर्ष तथा चाड ल्होसारको अवसरका खुम्जुङ युवा क्लबले प्रत्येक वर्ष ‘खुम्बु ल्होसार कप’ आयोजना गर्दै आइहरेको छ । शेर्पा समुदायको नयाँ बर्ष तथा चाड ल्होसारको अवसरमा ‘खुम्बु ल्होसार कप’ गत शनिबारबाट काठमाडौंको सानो गौचरन खेलकुद मैदानमा शुरु भएको थियो । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।
खुम्बु पासाङल्हामु गाउँपालिका खुम्बु क्षेत्रको विभिन्न गाउँमा जन्मिएर स्वदेश तथा विदेशमा छरिएर रहेका युवा पुस्ताको खेलकुद प्रतिको लगाव, प्रतिभाको प्रस्फुटन र समुदायका सम्पूर्णलाई एकै ठाउँमा जोड्ने लक्ष्यसहित हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना हुँदै आएको छ ।
September 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा वीरजङ स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । महासंघले बुधवार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिता असोज १८ देखि २१ गतेसम्म काठमाडौँको नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुने महासंघका महासचिव विनोद चन्दले जानकारी गराए । प्रतियोगिताको विजेताले ५ लाख […]
September 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले १९औं एसियाली खेलकुद (एसियाड) मा लगातार दोस्रो हार बेहोरेको छ । समूह ‘बी’ को खेलमा नेपाल बलियो इरानसँग ३–० को सोझो सेटमा पराजित भएसँगै एसियाडमा लगातार दोस्रो हार बेहोरेको हो । चाइना टेक्सटाइल सिटी स्पोर्ट्स सेन्टर जिम्नेसियममा बुधबार भएको खेलमा बलियो इरानविरुद्ध नेपालको प्रदर्शन तीनै सेटमा […]
September 19, 2023
पोखरा (हाम्रो खेलकुद) – च्याम्पियन गण्डकी प्रदेशका ओपन स्पाइकर रवि केसी लामाचौर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । घरेलु टोली गण्डकीलाई लामाचौर कप भलिबलमा च्याम्पियन बनाउन रविले प्रतियोगिता भर नै सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेका रविले ट्रफी र प्रमाण पत्र प्राप्त गरे । व्यत्तिगत विधातर्फ स्पाइकरमा गण्डकीका किरण गुरौं, […]