3 years ago
February 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एसियन एथलेटिक्स एसोसिएसनको तत्वाधान तथा नेपाल एथलेटिक्स संघको आयोजनामा १६ औं संस्करणको एसियन क्रस कन्ट्री च्याम्पियनसिप यसै महिना नेपालमा आयोजना हुने भएको छ ।

एथलेटिक्स संघले आइतबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप फागुन २३ गते गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्टमा हुने जानकारी गराएको छ । यो च्याम्पियनसिप २२ वर्षपछि नेपालमा आयोजना हुन लागेको हो ।
यसअघि नेपालले सन् २००१ मा क्रस कन्ट्रीको छैटौं संस्करण आयोजना गरेको थियो । त्यति बेला नेपालले जुनियर महिलातर्फ कास्य पदक जितेको थियो । यसअघि सन् २०११ मा पनि च्याम्पिसिप आयोजनाको प्रयास भएपनि सफल भएको थिएन ।
यसपटक च्याम्पियनसिपमा नेपालसहित एसियाका ३० देखि ४० राष्ट्रका करिव ४ सय ५० खेलाडीसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राविधिक एवम् सहयोगी समेत गरि प्रत्यक्ष रुपमा करिव ६ सय ५० जनाको सहभागिता रहने संघका अध्यक्ष राजीव विक्रम शाहले जानकारी गराए ।
च्याम्पियनसिपमा सिनियर पुरुष र महिलातर्फ १० किमि, २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ किमि र २० वर्ष मुनिका जुनियर महिलातर्फ ६ किमि गरी कूल ४ विधामा व्यक्तिगत र टिम ईभेन्टसहरुमा प्रतिस्पर्धा हुने बताइएको छ । नेपालले चारै विधामा सहभागिता जनाउने अध्यक्ष शाहले बताए ।
यस च्याम्पियनसिपमा नेपालबाट सहभागिता जनाउने खेलाडीका लागि फागुन ९ गते छनोट हुने र त्यसपछि बन्द प्रशिक्षणमा राखिने एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार छनोट भएका खेलाडीलाई झन्डै १० दिन बन्द प्रशिक्षणमा राखिनेछ ।
च्याम्पियनसिप सफल पार्नको लागि मूल आयोजक समिति, सचिवालय टिमसहित विभिन्न ७ वटा समितिहरु गठन गरिएको संघले जनाएको छ । यस च्याम्पियनसिप आयोजना गर्न नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेश र विभिन्न प्रदेशसँगै संघ संस्थाको सहयोग रहने संघले जनाएको छ ।
च्याम्पियनसिपको अनुमानित बजेट तीन करोड ६५ लाख ५५ हजार पाँच सय रुपैया रहेको छ । च्याम्पियनसिपका लागि बागमती प्रदेश सरकारबाट ३० लाख रुपैयाँ विनियोजन भइसकेको बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए । यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाले खेलको विकास मात्र नभई पर्यटन प्रबद्र्धनमा पनि टेवा पुग्ने भएकाले प्रदेश खेलकुदले पयर्टकिय खेलकुदमा बढी जोड दिएको सदस्य सचिव भण्डारीले बताए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]