3 years ago
February 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबको आयोजनामा मंगलबारदेखि शुरु हुने ‘बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपमा ७ टोलीको सहभागिता रहने भएको छ ।

फागुन ९ देखि १३ गतेसम्म हुने च्याम्पियनसिपमा आयोजक न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबसहित ७ टोलीको सहभागिता रहेको र टोलीलाई दुई समूहमा विभाजन गरिएको क्लबले जनाएको छ ।
समुह ‘क’ मा धादिङ स्पोर्ट्स क्लब धादिङ, एभरेस्ट मावि बुटवल रुपन्देही, दुप्चेश्वर गाँउपालिका नुवाकोट र नमोबुद्ध नगरपालिका काभ्रे रहेको छ । समूह ‘ख’ मा आयोजक न्यु डायमण्ड, परोपकार आदर्श मावि काठमाडौं र ब्राइट फ्युचर मावि सलकपुर मोरङ रहेका छन् ।
राउन्ड रोविन लिगपछि हरेक समूहका दुई टोली सेमिफाइनलमा पुग्नेछ । पहिलो दिन २ खेल हुनेछ । दोस्रो दिन तीन तथा तेस्रो दिन चार खेल हुनेछ । फागुन १२ गते सेमिफाइनल तथा १३ गते फाइनल हुनेछ ।
प्रतियोगिता आयोजना गराउनुको मुख्य उद्देश्य क्लबको निर्माणधीन खेल मैदान निर्माण सहयोगार्थ रहेको क्लबका अध्यक्ष तथा प्रशिक्षक कुमार राईले बताएका छन् ।
‘प्रतियोगिता गराउनुको मुख्य उद्देश्य जुनियर स्तरबाटै खेलाडी उत्पादनसँगै क्लबको निर्माणधीन भलिबल कोर्ट निर्माणमा केही सहयोगको लागि नै हो ।’ अध्यक्ष राईले भने ।
यस च्याम्पियनसिपलाई नेपाल भलिबल संघले स्वीकृतिसँगै प्राविधिक सहयोग गरेको छ । यस्तै प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले पुरस्कारमा सहयोग गरेको छ । नागार्जुन नगरपालिकाले पनि आर्थिक सहयोग गरेको छ । चन्द्रागिरि नगरपालिका च्याम्पियनसिपको संरक्षक रहेको छ ।
प्रतियोगिताको अनुमानित बजेट २१ लाख १० हजार रुपैयाँ रहेको छ । पुरस्कारतर्फ मात्रै १० लाख रुपैयाँ खर्च हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख रुपैया, ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछ । दोस्रो हुनेले २ लाख ५० हजार, तेस्रो हुनेले १ लाख र चौथोले ५० हजार रुपैया प्राीत गर्नेछ ।
विधागततर्फ सर्वाेत्कृष्ट खेलाडीले २५ हजार र ट्रफी र उदियमान खेलाडीले १५ हजार रुपैया र ट्रफी पाउनेछ । उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान १० हजार रुपैया र ट्रफी प्राप्त गर्नेछ ।
क्लबका उपाध्यक्ष तथा कभर्डहल निर्माण समितिको संयोजक किरण कार्कीले कभर्डहल निर्माणमा ४० लाख रुपैया खर्च भइसकेको बताए ।

December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]