3 years ago
February 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बुद्ध एकेडेमी, युनिक र इनोभेटिभले २०औं ज्ञान निकेतन कप बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

बुद्ध सिनियर ब्वाइज, युनिक जुनियर ब्वाइज तथा इनोभेटिभ सिनियर गल्र्समा च्याम्पियन बनेका हुन् । मंगलबार भएको सिनियर ब्वाइज फाइनलमा बुद्धले आयोजक ज्ञान निकेतनलाई ४७–४२ ले पराजित ग¥यो । बुद्धको जितमा नरेन लामाले २७ अंक योगदान गरे ।
जुनियर ब्वाइज फाइनलमा सजित रिमालको १६ अंक सहयोगमा युनिकले ग्रिनफिल्डलाई २७–१९ ले हरायो । सिनियर गल्र्सको उपाधि भिडन्तमा इनोभेटिभले ज्ञान निकेतनलाई २३–२२ ले पाखा लगायो । इनोभेटिभकी पूजा थापाले १७ स्कोर गरिन् ।
नरेन, सजित र पूजा ‘मोस्ट भेलुएबल प्लेयर’ बने । विजेतालाई ज्ञान निकेतनका प्रमुख कार्यकारी अधिकृत विश्वजित कुँवर, ज्ञान निकेतनका स्कुल संयोजक सञ्जयजित कुँवर, आर्थिक निर्देशक मिरा थापा र एकेडेमीक इन्चार्ज दिपेन्द्र बसौलाले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]