default_image

3 years ago

February 23, 2023

सुबासलाई अग्रता

212 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुबास तामाङ ४–अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्षस्थानमा उक्लिएका छन् ।

पोखरास्थित ६९ पारको हिमालयन गल्फ कोर्समा जारी प्रतियोगितामा ३६ होलको समाप्तीमा समग्रमा १–अन्डर १ सय ३७ स्कोर सहित सुबाशले पहिलो दिनका लिडर भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पारे ।

भुवन २–ओभर ७१ स्कोर गरे र समग्रमा इभन–पार १ सय ३८ को कार्ड सहित दोस्रो स्थानमा झरे । समग्रमा १–ओभर १ सय ३९ स्कोर सहित भेट्रान गल्फर रामे मगर र सञ्जय लामा संयुक्तरुपमा तेस्रो स्थानमा छन् । रामेले १–अन्डर ६८ र सञ्जयले इभन पार ६९ को कार्ड बनाए ।

नेपाल नम्बर एक शुक्र बहादुर राईले दल बहादुर लामासँग समग्रमा ४–ओभर १ सय ४२ सहित संयुक्तरुपमा पाँचौ स्थान बाँडे। शुक्रले इभन–पार ६९ र दलले २–ओभर ७१ स्कोर गरे। समग्रमा ५–ओभर १ सय ४३ को नतिजामा जयराम श्रेष्ठ सातौं स्थानमा छन् । उनले १–अन्डर ६८ को स्कोर निकाले। राष्ट्रिय टिमका खेलाडी सद्भाव आचार्यले ५–ओभर ७४ को खराब प्रदर्शन गर्दा समग्रमा ७–ओभर १ सय ४५ सहित आठौं स्थानमा तल झरे । एमेच्योरतर्फ भने उनी दोस्रो स्थानमा छन् ।

समग्रमा ८–ओभर १ सय ४६ को नतिजामा भुवन कुमार रोक्का, धन बहादुर थापा र एमेच्योर खेलाडी प्रज्वल थापा संयुक्तरुपमा नवौं स्थानमा छन् । ३६ होलको समाप्तीमा १६–ओभर १ सय ५४ सम्म स्कोर गरेका २१ प्रोफेसनल र ७ एमेच्योर खेलाडीले कट बनाएका छन् ।

प्रोफेसनल खेलाडीहरु दीपक आचार्य, सुर्यप्रसाद शर्मा, दिनेश प्रजापति, रवि खड्का, शिवराम पौडेल, नीरज तामाङ, भुबहादुर गुरुङ, टंकबहादुर कार्की, कृष्णमान राजबाहक, कमल तामाङ, प्रदीपकुमार लामा, सबिन सापकोटा, बलभद्र राई तथा एमेच्योर गल्फर अजित बिके, सुरेश तामाङ, महेन्द्र फगामी र युवराज भुजेलले कट बनाएका छन् ।

पहिलो दिन ३–ओभरको प्रदर्शन सहित सातौं स्थानमा रहेका दाबेदार खेलाडी सुबाशले दोस्रो दिन लय समाते। उपाधि रक्षा गर्ने सम्भावनालाई जिवितै राख्ने क्रममा उनले आठौं होलको बर्डीको मद्दतले फ्रन्ट नाइन १–अन्डर ३३ मा सकाए ।

ब्याक नाइनमा निखारिएको प्रदर्शन गर्ने क्रममा ११औं होलको बोगीका विरूद्ध चार बर्डी प्रहार गरे । १०औं, १३औं, १५औं र १८औं होलमा एक–एक सट बचाउँदै ब्याक नाइन ३–अन्डर ३२ मा सकाए ।

भुवनले तेस्रो र पाँचौ होलमा बोगी खेप्दा फ्रन्ट नाइन २–ओभर ३६ मा र १०औं होलको बोगी विरूद्ध १४औं होलको बर्डीले ब्याक नाइन इभन–पार ३५ मा पुरा गरे ।

रामे मगरले फ्रन्ट नाइन १–अन्डर ३३ र ब्याक नाइन इभन–पार ३५ मा सकाए। उनले दोस्रो, छैटौं, आठौं होलमा एक–एक सट बचाए । चौंथो र नवौं होलमा बोगी खेपे। यसपछि १४औं र १७औं होलमा बर्डी प्रहार गरेपनि १२औं र १६औं होलमा एक–एक सट खेर फाले ।

सञ्जयले फ्रन्ट नाइन इभन–पारमा सकाउने क्रममा पहिलो र छैटौ होलमा बर्डीको सफलता प्राप्त गरेपनि पाँचौ होलमा डबल बोगीको सामना गरे । यसपछि १०औं र १७औं होलमा बर्डी प्रहार गर्दा १२औं र १६औं होलको बोगीले ब्याक नाइन पनि इभन–पार ३५ मा सकाए ।

५४ होलको प्रतियोगितामा ३१ व्यवसायिक र १४ एमेच्योर गरी कुल ४५ खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा सञ्चालन भैरहरको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, उपविजेताले ९० हजार र तेस्रो हुने खेलाडीले ६७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

कुल आठ लाख नगद पुरस्कार रहेको प्रतियोगिताको शीर्ष २१ मा रहेने अन्य व्यवसायीक खेलाडीले पनि नगद पुरस्कार हात पार्नेछन्। शनिबार हुने प्रो–एमसँगै प्रतियोगिता सकिनेछ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.