default_image

3 years ago

February 24, 2023

टेबल टेनिस टोली भारत जाँदै

188 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – डब्लुटीटी स्टार कन्टेन्डर गोवामा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टेबलटेनिस टोली आइतबार भारतको गोवा प्रस्थान गर्ने भएको छ ।

फेब्रुअरी २७ देखि मार्च ३ तारिखसम्म हुने प्रतियोगितामा पुरुषमा संयोग कपाली र विपुल महर्जन तथा महिलामा नवीता श्रेष्ठ र एलिना महर्जनले प्रतिस्पर्धा गर्ने छन् ।

व्यवस्थापकमा निकेशप्रसाद जोशी तथा प्रशिक्षकमा राकेश महर्जन छन् । टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यलगायतले शुक्रबार एक कार्यक्रमबीच सातदोबाटोमा बिदाइ गरे ।

टोलीको प्रायोजन सम्झना ल्याबोरेटरी क्लिनिक प्रालिले गरेको बताइएको छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.