default_image

3 years ago

February 25, 2023

क्रिकेटर सम्भाब्य सम्मानित

310 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रेडिअन्ट रिडर्स एकेडेमीले क्रिकेटर सम्भाब्य ढकाललाई शनिबार सम्मान गरेको छ । रेडिअन्टको वार्षिक खेलकुद दिवसका अवसरमा १० वर्षीया क्रिकेटर सम्भाब्यलाई सम्मान गरिएको हो ।

सोही अवसरमा आन्धी खोला नामक चलचित्रमा अभिनय गरेकी औसु श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । दुवै रेडिअन्टमा अध्ययनरत छन् ।

दक्षिण एसियाली खेलकुदका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धर र केन्द्रीय प्याब्सनका अध्यक्ष समेत रहेका रेडिअन्टका प्रिन्सिपल डिके ढुंगानाले सम्भाब्य र औसुलाई ट्रफी प्रदान गरी सम्मान गरे ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको कार्यक्रममा विद्यार्थीहरुले करातेको प्रस्तुती प्रदर्शन गर्नुका साथै आकर्षक नृत्य प्रदर्शन गरेका थिए ।

कार्यक्रममा नेपाल राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनलगायतको उपस्थिति थियो ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.