default_image

3 years ago

February 25, 2023

जुनियर कबड्डी टोली इरान प्रस्थान

251 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोश्रो जुनियर विश्व कबड्डी प्रतियोगितामा सहभागी हुन १० पुरुष खेलाडीसहित १६ सदस्यीय नेपाली टोली शनिबार इरान प्रस्थान गरेको छ ।

फेब्रुअरी २६ देखि मार्च ५ तारिखसम्म हुने प्रतियोगितामा घनश्याम रोका मगर, सरमन प्रजापति, प्रकाश गिरी, आकाश भट्ट, रामु टमाटा, विजय दमाइ, सागर यादव, दिपेन्द्र यादव, गणेश पार्की र इशरार खान रहेका छन् ।

प्रशिक्षकमा कबड्डीकी प्रमुख प्रशिक्षक पार्वती राई र अरविन्दकुमार झा, व्यवस्थापकमा लक्ष्मण बराल तथा निर्णायकमा विरेन्द्रकुमार यादव छन् ।

प्रतियोगितामा १४ राष्ट्रको सहभागिता रहने छ । प्रतियोगिताकै दौरान हुने एसियाली कबड्डी महासंघको बैठकमा भाग लिन अखिल नेपाल कबड्डी संघका अध्यक्ष तुलसी थापा र महासचिव विनोद प्रजापति पनि टोलीसंगै इरान प्रस्थान गरेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.