3 years ago
February 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मनास्लु वल्ड स्कुल/कलेजले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई मनास्लु खेलकुद सम्मान प्रदान गरेको छ ।

मनास्लुले आफ्नो २५औं स्थापना दिवसका अवसरमा सोमबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्याएवापत पारसलाई खेलकुद क्षेत्रबाट सम्मान गरेको हो ।
सोही अवसरमा वरिष्ठ संगितकार शम्भुजित बाँस्कोटा, सञ्चारकर्मी टिकाराम यात्री, शिक्षाकर्मी रितुराज सापकोटा र समाजसेवी रामजी अधिकारीलाई पनि सम्मान गरिएको । त्यसै अवसरमा मनास्लु वल्ड कजेजका एकेडेमिक हेड शशि केसीलाई मनास्लु विशेष सम्मान अवार्डबाट सम्मानित गरिएको छ ।

उनीहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, मनास्लुका चेयरम्यान गेन्द्र लामा, मनास्लुका प्रिन्सिपल राजन श्रेष्ठलगायतले दोसल्लाका साथै प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
सोही अवसरमा मनास्लु कक्षा १२ अध्ययन गरिसकेका विद्यार्थीलाई बिदाइ गरिएको थियो भने कक्षा ११ भर्ना भएकालाई स्वागत गरिएको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]