default_image

3 years ago

February 27, 2023

त्रिज्योति र ज्ञानोदय क्वाटरफाइनलमा

165 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ज्ञानोदय र त्रिज्योति ११औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

समूह ‘ए’ बाट त्रिज्योति विजेता र ज्ञानोदय उपविजेता हुँदै क्वाटरफाइनलमा पुगेका हुन् । मण्डिखटारस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा भएको खेलमा त्रिज्योतिले लोयल्टी ‘बी’ लाई ४–० गोलले पराजित गर्‍यो। ज्ञानोदयसंग १–१ को बराबरी खेल्यो । ज्ञानोदयले लोयल्टी ‘बी’ लाई २–१ गोलले पन्छायो ।

समूह ‘सी’ बाट लिटिल एन्जल्स विजेता तथा काठमाडौं भ्याली उपविजेता बन्दै क्वाटरफाइनलमा पुगे । लिटिल एन्जल्सले काठमाडौं भ्यालीलाई ११–० तथा रिलायन्सलाई ७–१ गोलले पाखा लगायो । काठमाडौं भ्यालीले रिलायन्सलाई ४–२ गोलले पराजित गर्‍यो ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा आयोजकको २ सहित १२ टिम सहभागी छन् । फाइनल फागुन १९ गते हुनेछ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.