default_image

1 year ago

February 28, 2023

रातो बंगला र जेभियरलाई उपाधि

87 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रातो बंगला र जेभियर इन्टरनेसनल कलेजले १०औं बर्नहार्ट कप प्लस टु अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् ।

रातो बंगला ब्वाइज तथा जेभियर गल्र्समा च्याम्पियन बनेका हुन् । बल्खुस्थित आयोजक बर्नहार्ट कलेजको कोर्टमा मंगलबार भएको ब्वाइज फाइनलमा रातो बंगलाले टाइम्सलाई ४३–४१ ले पराजित ग¥यो । रातो बंगलाका रेवत सोनाम गुरुङले ११ अंक जोडे ।

गल्र्सको फाइनलमा जेभियरले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ३०–१६ ले हरायो । जेभियरका कृति चौधरी र सुभाना अधिकारीले समान ६–६ स्कोर गरे । ब्वाइजमा रातो बंगलाका रेवत सोनाम गुरुङ तथा गल्र्समा जेभियरकी कृति चौधरी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई बर्नहार्टका अध्यक्ष भुपेश चत्कुली, प्रबन्ध निर्देशक नवराज अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

June 22, 2024

विपना र अरहान्तलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो वरीयताकी विपना ब्लोन र शीर्ष वरीयता प्राप्त अरहान्त केशर सिम्हाले प्रथम एनएसआरए प्रेसिडेन्ट कप खुल्ला राष्ट्रिय स्क्वास च्याम्पियनसिपको उपाधि जितेका छन् । नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघको आयोजनामा सातदोबाटोस्थित नेपाल स्क्वास र्‍याकेट्स संघको आफ्नै भवनमा रहेको स्क्वास कोर्टमा शनिबार भएको पुरुष एकलको फाइनलमा अरहान्तले दोस्रो वरीयताका अमिर ब्लोनलाई ३–० को […]

June 22, 2024

अपहिल केडिसी रनमा नरेन्द्र र पूर्णलक्ष्मी पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीकाद्वय नरेन्द्रसिंह रावत र पूर्णलक्ष्मी न्यौपाने राष्ट्रिय खुल्ला अपहिल केडिसी रनमा शनिबार पहिलो भएका छन् । २१ किलोमिटर दूरीको दौडमा नरेन्द्र पुरुषतर्फ र पूर्णलक्ष्मी महिलामा पहिलो भएका हुन् । नरेन्द्रले निर्धारित दूरी १ घण्टा १९ मिनेट ५१ सेकेन्डमा पूरा गरे । दोश्रो भएका करण रावलले १ घण्टा २१ मिनेट ५५ […]

June 21, 2024

अस्ट्रेलियामा सर्वाधिक धनराशीको भलिबल प्रतियोगिता हुने

सिड्नी – अस्ट्रेलियाको मेलबर्नमा सर्वाधिक धनराशीको पुरुष भलिबल प्रतियोगता ‘ग्लोबल मिट कप २०२४’ आयोजना हुने भएको छ । एलिट गोर्खा स्पोर्ट्स क्लबको आयोजना तथा ग्लोबल मिट एजुकेशन एण्ड भिषा सर्भिसको मुख्य प्रायोजनमा खुल्ला पुरुष तथा ३५ बर्षमाथि गरि दुई विधाको ‘ग्लोबल मिट कप २०२४’ आगामी जुन ३० तारिखमा हुन लागेको हो । एक दिने प्रतियोगिता […]

Success

Thank you for your time.