3 years ago
March 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – माउन्ट ओलिभ स्कुलले लाइन्स कप गल्र्स फुटसल प्रतियोगिताको उपाधि जितेको छ । ललितपुरको महालक्ष्मी नगरपालिकामा सञ्चालित प्रतियोगिताको फाइनलमा महालक्ष्मी स्कुललाई पेनाल्टीमा २–१ हराउँदै माउन्ट ओलिभले उपाधि जितेको हो ।

प्रतियोगितामा सिद्धिमङ्गल मावि तेस्रो र भानुदय स्कुल चौथो भएको थियो । लायन्स क्लब अफ काठमाडौ रोयल फ्रेन्डसले आयोजना गरेको प्रतियोगितामा महालक्ष्मी नगरपालिकाका १३ वटा विद्यालयको सहभागिता थियो ।
विजेता टोलीले उपाधिसहित २५, दोस्रोले १५ र तेस्रो टोलीले १० हजार रुपैयाँ प्राप्त गर्यो । प्रतियोगितामा ११ गोल गर्न सफल माउन्ट ओलिभकी सरु तामाङ सर्वाधिक गोलकर्ता बनिन् । महालक्ष्मी विद्यालयकी मनिषा तामाङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भइन् ।
विजेता उपविजेता टोलीका खेलाडीलाई महालक्ष्मी नगरपालिका उप प्रमुख लक्ष्मी महर्जन लायन्स क्लब इन्टरनेशनल ३२५ का पास्ट डिस्ट्रीक गभर्नर अनुप कुमार पहारी, डिस्ट्रीक ३२५ पि का चिफ एड्भाइजर दिनेश खरेल सिनियर डिस्ट्रिक एड्भाइजर ज्योती के सी, अमर ज्योती रन्जित, यदुराज लामिछाने, दीपक थापा, पुरुषोत्तम बस्नेत लगायतल पुरस्कृत ।
विजेता टोलीका खेलाडी, उत्कृष्ट खेलाडी र उच्च गोलकर्ताहरुलाइ नेपाली कपडा ब्रान्ड केड कि प्रबन्ध निर्देशक दिप्रिना शाक्यले उपहार प्रदान गरिन् । लायन्स क्लब अफ काठमाडौ रोयल फ्रेन्डसका प्रेसिडेन्ट लायन दिप्रश शाक्यले छात्रा हरुलाइ प्राथमिकता र प्रोत्साहन दिनका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।
छात्राहरुको क्षमता अभिवृद्धिका लागि लायन्स क्लब अफ काठमाडौ रोयल फ्रेन्डस ले कार्यक्रम संयोजक श्रृष्टि बज्राचार्य अमर महर्जन अल फर बल लगायतको सक्रियतामा केही महिना अघि देखि नै महालक्ष्मी नगरपालिकामा विभिन्न सरकारी विद्यालयका छात्राहरुलाइ फुटबल, निशुल्क फुटसल प्रशिक्षण लगायतका कार्यक्रम हरु संचालन गर्दै आएको छ । प्रशिक्षणका लागि लेजेन्ड फुटसलले निशुल्क मैदान उपलब्ध गराएको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]