default_image

3 years ago

March 1, 2023

एनएनआइपिए स्पोर्ट्स अवार्ड अर्काे महिना

342 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा चैत तेस्रो साता १७औं एनएनआइपिए स्पोर्ट्स अवार्ड हुने भएको छ ।

आयोजक एनएनआइपिएले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै एनएनआइपिए स्पोर्ट्स अवार्ड चैत १७ गते हुने जानकारी गराएको छ ।

वर्ष २०७८ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अफिसियल खेलकुद प्रतियागिताहरु नभएको हुदा यसवर्ष नेपाल ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलहरुलाई आधार मानी सम्बन्धित संघले सिफारिस गरिएका खेलाडीहरुलाई सम्मान गर्ने एनएनआइपिएले जनाएको छ ।

विगतका केही वर्षदेखि यो अवार्ड कार्यक्रम उपत्यकाको काठमाण्डौ, ललितपुर तथा भक्तपुरलगायतका विभिन्न ऐतिहासिक, सांस्कृितक सहरहरुमा आयोजना भइसकेकोमा यसपटक काठमाडौंमा हुने आयोजकले जनाएको छ ।

२७ खेलका उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ । २७ उत्कृष्ट खेलाडीमध्येबाट एक जना पुरुष र एक जना महिला खेलाडीलाई सर्वाेत्कृष्ट खेलाडी घोषण गरिनेछ । उनीहरुलाई १ लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरिनेछ ।

एक पुरुष र एक महिला प्रतिभाशाली खेलाडीलाई ५० हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिनेछ । एक जना पाका खेल व्यक्तिलाई गजराज आदर्श खेल व्यक्तित्वबाट सम्मानसँगै ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

एक खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कारबाट २५ हजार रुपैयाँ र सम्मानपत्रले सम्मानित गरिनेछ । एक जना पारा खेलाडीलाई वर्ष उत्कृष्ट पारा खेलाडी अवार्डसँगै १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

एनएनआइपिए नेपाली खेलाडीको छाता संगठन हो । यसले खेलाडीको हकहित, संरक्षण, खेलाडीहरुको प्रोत्साहन तथा वृतिविकासमा प्रतिवद्धताका साथ लागिरहेको छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.