3 years ago
March 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक लोयल्टी एकेडेमी ११औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ ।

मण्डिखटारस्थित घरेलु मैदानमा शुक्रबार भएको फाइनलमा लोयल्टीले डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्सलाई २–० गोलले पराजित गर्दै ह्याट्रिक गर्नबाट रोक्यो । लिटिल एन्जल्स नवौं संस्करणको पनि विजेता हो । लोयल्टीका लागि दुवै गोल बसन्त राउतले गरे ।
लिटिल एन्जल्सका स्मिथ राउत उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताभर ८ गोल गरेका लोयल्टीका साहिल राई सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । विद्या संस्कारका प्रहार केसी उत्कृष्ट गोलरक्षक तथा लोयल्टीका सैलेश कर्माचार्य उत्कृष्ट प्रशिक्षक चुनिए । त्रिज्योतिले अनुशासित टिमको उपाधि हात पा¥यो ।
विजेतालाई संघीय सांसद् प्रदीप पौडेल, लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फे, लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
पाँचदिने प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । पहिलो पटक प्रतियोगिता लिग कम नकआउट आधारमा खेलाइएको हो । विगतका १० संस्करण नकआउट पद्धतिमा भएको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]