3 years ago
March 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बुद्ध एकेडेमीले दोस्रो गोकर्णेश्वर नगरस्तरीय छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।

गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा गोरक्ष स्पोर्टिङ क्लबको संयोजनमा भएको प्रतियोगीताको फाइनलमा बुद्ध एकेडेमीले सर्वनाम शिक्षालयलाई पराजित गर्दै उपाधी जितेको हो ।
एकता जेम्स स्कुलले तेश्रो स्थानमा चित्त बुझायो । फाल्गुन १७ गतेदेखि गोकर्णेश्वर नगरपालिका वडा नं ६ स्थित बुद्ध एकेडमीमा भएको प्रतियोगितामा बुद्ध एकेडमीकै जोन पाख्रिन प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । अनुशासित टिमको उपाधि इस्टपोल माविले हात पा¥यो ।
विजेतालाई गोकर्णेश्वर नगरपालिका प्रमुख दिपककुमार रिसाल, गोकर्णेश्वर नगरपालिकाका युवा तथा खेलकुद विकास समितिका संयोजक सञ्जय लामा, नगरपालिकाका प्रवक्ता एवं वडा नं. ५ का वडा अध्यक्ष नारायणबहादुर सुवेदीलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरेको गोरक्ष स्पोर्टिंङ क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक रञ्जनकुमार सापकोटाले जानकारी गराए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]