3 years ago
March 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते डो संघ, देउराली डोजोले आफ्ना खेलाडीलाई सोमबार सम्मान गरेको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगिता, नवौं राष्ट्रिय खेलकुद र एनआरएनए करातेका पदक विजेता तथा १९ औं एसियाली खेलकुदको करातेका लागि प्रारम्भिक छनोटमा परेका आफ्ना खेलाडीलाई होलीको अवसरमा देउराली डोजोले सम्मान गरेको हो ।
दुबईमा भएको सोरिनकाइ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण जितेका अमिर राणा, नवौं राष्ट्रिय खेलकुदअन्तर्गत करातेमा स्वर्ण जितेका आशिष थापा र कांस्य विजेता रिकेश भण्डारी तथा एनआरएनए करातेका स्वर्ण विजेता करण चौधरी सम्मानित भए । रिकेश र करण नगद ५ हजारसहित सम्मानित भए ।
सम्मानित हुने १९ औं एसियाली खेलकुदका लागि प्रारम्भिक छनोटमा परेका खेलाडीमा आशिका राई, महिमा राई र रिकेश भण्डारी रहेका छन् । सोही अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का करातेका मुख्य प्रशिक्षक तुलसीकुमार महर्जन तथा राखेप कर्मचारी संघका नवनिर्वाचित महासचिव कुमार बस्नेतलाई पनि सम्मान गरियो ।
त्यसै अवसरमा देउराली डोजोका अध्यक्ष राजेश जोशीलाई भीमसेनगोला मावि व्यवस्थापन समितिको अध्यक्षमा तेश्रो कार्यकालका लागि चयन भएको सम्मान गरिएको थियो ।
उनीहरुलाई काठमाडौं महानगरपालिका वडा ३१ का अध्यक्ष सरोज ढकाल, राखेपका सदस्य जनक बर्तौला, नेपाल कराते महासंघका उप–महासचिव ओमकृष्ण प्रसाईं, देउराली डोजोका प्रमुख प्रशिक्षक समेत रहेका १० औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता कुशल श्रेष्ठलगायतले एक कार्यक्रमबीच नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]