default_image

3 years ago

March 6, 2023

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा

154 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना हुने पल्सर स्पोर्ट्स अवार्ड २०७८ को तयारी पूरा भएको जनाएको छ । मञ्चको आयोजनामा हरेक वर्ष हुँदै आएको यस वर्षको अवार्ड कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा दिउँसो २ः१५ बजेपछि शुरु हुनेछ ।

मञ्चका कार्यवहाक अध्यक्ष निरञ्जन अधिकारीले अवार्डका लागि सम्पूर्ण तयारी भएको जानकारी दिए । ‘अवार्डको लागि हामीले एक महिनाभन्दा अगाडिदेखि तयारी गरिरहेका छौं । आयोजना स्थललगायतका केही काम पनि सोमबार नै सकिएको छ ।’ कार्यवहाक अध्यक्ष अधिकारीले भने ।

मञ्चले २०६० सालदेखि अवार्ड निरन्तर आयोजना गर्दै आइरहेको छ । १९औं संस्करणको पल्सर स्पोर्ट्स अवार्डमा विभिन्न ९ विधामा खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई यस वर्ष सम्मान गर्दैछ ।

यसपटक अवार्डमा नयाँ प्रस्तुती थपिएकाले विशेष बन्ने विश्वास रहेको मञ्चका कार्यवहाक अध्यक्ष अधिकारीको विश्वास छ । ‘चर्चित अन्तर्राष्ट्रिय अवार्ड सोहरू कान्स र ओस्कारमा जस्तै एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा पनि रेड कार्पेटको थालनी गर्दैछौं । अवार्डको मुख्य समोराहको एक घन्टा अगाडिदेखि नै मञ्चको फेसबुक र युट्युब च्यानलमा रेड कार्पेटको प्रत्यक्ष प्रशारण हुनेछ,’अधिकारीले भने, ‘त्यसबाहेक अन्य विशेष प्रस्तुत पनि यस पटकदेखि सुरु गरिएको छ ।’

मञ्चले पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाको विजेता घोषणा कार्यक्रमकै दिन घोषणा गरिनेछ ।

अन्य पाँच विधामा समान ५ खेलाडीको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ । जसअन्तर्गत पिपल्स च्वाइस विधामा क्रिकेटका आसिफ शेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट, पौडीकी डुवाना लामा र भलिबलकी उषा भण्डारी छन् ।

वर्ष पुरुष खेलाडीको मनोनयनमा फुटबलका अञ्जन विष्ट र किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाल परेका छन् । वर्ष महिला खेलाडीको मनोनयनमा भलिबलकी अरुणा शाही, क्रिकेटका रुबिना क्षेत्री र सीता रानामगर, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल छन् ।

वर्ष युवा खेलाडीको मनोनयनमा फुटबलका मनीष डाँगी, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलकी प्रीति राई र भलिबलकी उषा भण्डारी छन् ।

वर्ष प्रशिक्षकतर्फ फुटबलका अब्दुल्लाह अलमुताइरी, क्रिकेटका अस्ट्रेलियन डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका छन् ।

विगतमा जस्तै वर्ष पुरुष, महिला, पिपल्स च्वाइस र वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल पाउने छन् । यस वर्षदेखि युवाका विजेतालाई पनि पल्सर मोटरसाइकल प्रदान गरिने मञ्चले जनाएको छ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको छ । सहप्रायोजकहरूमा सूर्य नेपाल प्रालि, ई–सेवा, रोयल सिंगी होटल, एडिडास, इमेजिङ, प्लाजा होटल ग्रुप, सुबिसु र न्यु होराइजन कार्पेट इन्डस्ट्री रहेका छन् । सहयोगी संस्थामा राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी र बाग्मती प्रदेश खेलकुद विकास परिषद् छन् ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.