3 years ago
March 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा मार्च ४ देखि सन्चालन भइरहेको १०औं आईएसकेडीजे कप कराते च्याम्पियनसिपमा नेपाललाई २ वटा स्वर्ण रएक रजत पदक प्राप्त भएको छ ।

उक्त प्रतियोगितामा –६० किलोमा बुद्धीमान माझी र –८४ किलोमा सोनम बलामीले नेपाललाई स्वर्ण दिलाए । माझीले भारतसंग २–१, बंगलादेशसँग ३–२ र फाईनलमा श्रीलंका संग १–० अन्तरको जितसंगै स्वर्ण पदक बिजेता बनेका थिए ।
त्यसैगरी बलामीले भारतसँगै ३–२, बंगलादेशसँग २–० र फाईनलमा श्रीलंकासँग ३–२ अंकसंगै नेपाललाई स्वर्णपदक दिलाए । उक्त प्रतियोगितामा सहभागी ऐटनकुमार मल्लले –६७ तौल समुहमा नेपाललाई रजत दिलाए ।
उनले सेमिफाइनलमा भारतलाई १–० अंकले पराजित गरि फाइनलमा प्रवेश गरेका थिए । फाईनलमा आयोजक श्रीलंकासंग रेफ्री सुपरलेटिभको आधारमा ३–२ अंकले पराजित हुदै रजत पदकमा चित्त बुझाएका थिए ।
४ देश सहभागी उक्त प्रतियोगितामा २ स्वर्ण र १ रजत पदकसंगै नेपाल समुह तेश्रो बन्न सफल भयो । ४ कराते सदस्य टोलीसहित सहभागी भएको उक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका सचिव÷प्रवक्ता गजेन्द्रबहादुर खपांगीले गरेका थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]