default_image

3 years ago

March 7, 2023

रघुराज वन्तलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

253 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गतकोलाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पियन रघुराज वन्तलाई प्रदान गरिएको छ ।

मञ्चले मंगलबार आयोजना गरेको अवार्ड कार्यक्रममा वन्तलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको हो । लाइफटाइम एचिभमेन्ट अवार्डसँगै वन्तले नगद ५० हजार प्राप्त गरे ।

नेपाली खेलकुदमा रघुराज वन्त ऐतिहासिक पात्र हुन् । जसले खेलाडीका रुपमा ओलम्पिक सम्मको उच्चतम यात्रा तय गरेका थिए । प्रशिक्षकका रुपमा पनि उनले उत्कृष्ट खेलाडीहरु उत्पादन गरेका छन् ।

पदाधिकारीका रुपमा उनी एथलेटिक्स संघसँगै राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष र नेपाल ओलम्पिक कमिटीको महासचिव सम्म भएका थिए । शारिरीक सुगठनका शौखिन उनी २४ वर्षमा मिस्टर काठमान्डू बनेका थिए । वन्तले फुटबल, रक क्लाइम्विङ, हक्की, टेबल टेनिस र बक्सिङगरी सबै खेल खेलेका छन् । उनी कायाकिङका त पहिलो ब्याचका खेलाडी हुन् ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.